१५/२० दिन मात्रै भएपनि संसद पुनर्स्थापना गर्नुपर्छ : देउवा
डिसीनेपाल डटकम संवाददाता – नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले १५ देखि २० दिनकै लागि मात्र भएपनि संसद पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
वर्तमान राजनीतिक निकासका लागि संसद पुनस्र्थापना गर्नुका विकल्प नरहेको भन्दै उनले संसद पुनर्स्थापना गरेर समस्या समाधान गर्नुपर्ने बताए ।
नियमित पार्टी कार्यालय आउने घोषणासहित सानेपा आइपुगेका देउवाले १५/२० दिनका लागि पुनर्स्थापना गर्ने नभए चुनावमा जान सकिने र त्यो पनि नभए जनमत संग्रहमा गए हुने बताए ।
देउवाले बहुमतको सरकारको प्रधानमन्त्री आफू नबन्ने पनि बताएका छन् । सहमतिको सरकारको विकल्प नभएकाले बहुमतीय सरकारको नेतृत्व नगर्ने बताए ।
संविधानका लागि धेरै विषयमा छलफल भइसकेको भ्नदै देउवाले नयाँ संविधानमा संघीयता कस्तो र कति बनाउने भन्नेमात्र विषय बाँकी रहेको उल्लेख गर्दै सहमतिबाट त्यो बनाउन सकिने विचार व्यक्ति गरे ।
Watch Video
प्रकाशित मिति:
August 21, 2012