बिल गुरुङ, दोहा – दुबईमा मृत्युदण्डको सजाय सुनाईएका नेपाली युवा अमरबहादुर बम बचाउ अभियानको लागि कतारका केही युवाहरुको सकृयतामा २२ हजार ५ सय ८२ सहयोग रकम संकलन गरि पठाईएका छन् ।
प्रभु मनि ट्रान्सफर मार्फत उक्त रकम बैंक खातामा पठाईएको छ । द्रोणप्रसाद बास्तोलाले जानकारी दिएका हुन् ।
अमर बमको मुद्धा पुनरावेदन गर्न आवश्यक सहयोग जुटाउने उद्देश्यले हिमालय टेलिभिजनले स्थापना गरेको काठमाण्डौ स्थित किष्ट बैंकमा जम्मा गर्न चिन्तामणी भट्टराई, द्रोणप्रसाद बास्तोला, बिरबहादुर लामा र विष्णु डगामीको संयुक्त पहलमा उक्त सहयोग रकम जम्मा गरिएको थियो ।
कतार नेविगेशन ग्रुपमा कार्यरत नेपाली युवाहरुको यो समुहले गत हप्ता उक्त बैंकको ०५०३३ सीए खाता नम्बरमा जम्मा हुने गरि सो सहयोग रकम पठाएका छन ।
एउटा निर्दोष नेपाली परिबन्दमा परेर जेल परेको समाचारले हामीलाई यो सहयोग जुटाउन प्रेरित ग¥यो र सकेको सहयोग संकलन गरि पठाईएको द्रोणप्रसाद बास्तोलाले बताए ।
एक भारतीय नागरिकको हत्यामा प्रत्यक्ष संलग्न नभए तापनि मतियार ठहर गर्दै यूएईको एउटा अदालतले अमरबहादुर बमलाई मृत्यू दण्डको सजाय सुनाएको छ ।