समयमै संविधान बन्ने राष्ट्रपतिको विश्वास
पुस २३ - राष्ट्रपति रामवरण यादवले राजनीतिक दल र संविधानसभा अध्यक्षको प्रयत्नमा समयमै संविधान बन्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति यादवले विश्वले नेपालप्रति चासो लिएको भन्दै संविधान समयमै बने नेपालको प्रशंसा विश्वभर नै हुने पनि बताए ।
धनकुटामा बुधबार पूर्वाञ्चल कृषि व्यापार मेला तथा धनकुटा महोत्सव उद्घाटन गर्दै राष्ट्रपतिले नेपालीले चाहेको संविधान सबैले एकजुट भएर ल्याउनुपर्ने धारणा पनि व्यक्त गरे ।
नेपालको संविधान सहमतिमा बने सगरमाथामा राष्ट्रिय झन्डा उचो हुने राष्ट्रपतिको भनाइ थियो ।
प्रकाशित मिति:
January 07, 2015