पाँचथरमा राष्ट्रिय वाणिज्य बैंक १३ वर्षपछि सञ्चालन

२०५८ सालमा विस्थापित बैंकले पाँचथरको फिदिममा पूर्णयान्त्रिकीकरणसहित कारोबार सुरु गरेको हो ।
पाँचथरमा हाल १० वटा कमर्सियल बैंकले कारोबार गर्दै आएका छन् भने राष्ट्रिय वाणिज्य बैंक सशस्त्र द्धन्द्धकालमा २०५८ सालदेखि विस्थापित भएसँगै बन्द अवस्थामा थियो ।
पूर्ण सरकारी स्वामित्वमा सञ्चालित सो बैंकको देशभर करिब १८ लाख भन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ । बैंकको एक सय ६ अर्ब निपेक्ष छ भने ६४ अर्ब कर्जा संकलन गरेको छ । पछिल्लो समय पुँजीकोष सकरात्मक बन्दै गएको उक्त बैंकले सर्वसाधरणका लागि साधारण सेयर समेत खुलाउन लागेको बैंकले जनाएको छ ।
पाँचथरमा बैंक पूर्णयान्त्रिकीकरणसहित पुनःस्थापनापछि सर्वसाधरणका साथै व्यापारी, उद्योगी, शिक्षक लगायत लाभान्वित हुने विश्वास बैंकका क्षेत्रीय प्रबन्धक गोपाल प्रसाद पौडेलले विश्वास व्यक्त गरेका छन् ।
बैंकको काठमाडौं क्षेत्रमा ३६, विराटनगर क्षेत्रमा ३६, वीरगन्जमा १७, पोखरा क्षेत्रमा २८, नेपालगञ्ज क्षेत्रमा ३१ गरी बुधबार पाँचथरमा पनि सञ्चालनसँगै १५८ वटा शाखा पुगेको छ ।

प्रकाशित मिति:
January 06, 2015