जाजरकोट एमाओवादी अध्यक्षमा शर्मा
दिप बहादुर घर्ति
जाजरकोट १७ वैसाख । एकीकृत नेकपा (माओवादी) जाजरकोट जिल्लाको तेश्रो सम्मेलनले अध्यक्ष पदमा पूर्णदेव शर्मा (नवराज) लाई निर्वाचित गरेको छ । सम्मेलनले शर्मालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
यही गत १४ र १५ गते दुई दिन सम्म चलेको एकीकृत नेकपा (माओवादी) जाजरकोटको तेश्रो जिल्ला सम्मेलनले पूर्णदेव शर्मा अध्यक्ष ,कृष्ण वहादुर खड्का प्रभाकर) उपाध्यक्ष, चिव चन्द्र वहादुर थापा(अपील)सचिव, जनकराज गौतम (अमृत) सह–सचिव, र हरी वहादुर थापा (शिखर) कोषाध्यक्षमा निर्वाचित गरेको छ ।
साथै उक्त सम्मेलनले १३ जना सदस्य पछि मनोनित गर्ने गरी ५१ सदस्य जिल्ला समिति चयन गरेको छ । जिल्ला सदस्यहरुमा डम्वरवहादुर रावत,इन्द्र प्रशाद शर्मा (प्रशान्त), प्रचण्ड वली, योगेन्द्र सिंह (जलन), रणवहादुर कार्की, शुशील, महेन्द्र वोहोरा,मनवहादुर शाही, लोकेन्द्र रोकाया, गोपाल वहादुर घर्ती, भक्त बहादुर क्षेत्री,टाइरेन्ट शाही,परे शाही, दल वहादुर थापा,सुनदर वहादुर शाही,जय वहादुर वस्नेत,दीपेन्द्र गीरी, जसु राना, पार्वती वि.क., प्रमीता सींह,गीता थापा, रत्नमाया हमाल, चन्द्र बहादुर नेपाली, रत्न नेपाली रहेको नव निर्वाचित अध्यक्ष पूर्णदेव शर्माले बताए ।
एकीकृत नेकपा (माओवादी) श्रोतकानुसार राष्ट्रिय सम्मेलन पतिनीधि पनि सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा केन्दीय सदस्य एवं क्षेत्र नं १ का सभासद शक्ती वहादुर वस्नेत,पुर्व सभासा द्धय भक्त वहादुर शाह,काली वहादुर मल्ल,निवर्तमान जिल्ला संयोजक गणेश प्रशाद सिंह, टेक वहादुर रावल (दर्शन),यज्ञ वहादुर खत्री,वीर वहादुर रावत (सौगात),पुर्णदेव शर्मा (नवराज) र कृष्ण वहादुर खड्गा(प्रभाकर) रहेका छन् ।
सम्मेलनवाट निर्वाचित समितिको फर्मेशन युवाहरुको मात्रै देखिएको छ । विगत जिल्ला समितिको साइजलाई हेर्दा यस सम्मेलनले निकै हेरफेर गरेको जाजरकोमा धेरैले चर्चा गर्न थालेका छन ।
प्रकाशित मिति:
April 30, 2014