लाइसेन्सको नयाँ नियम नगर : सर्वोच्च
बैशाख १३ । यातायात व्यवस्था विभागले केही दिन अघि मात्रै गरेको सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ व्यवस्थालाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
विभागले अस्तिदेखि नयाँ ट्रायल सुरु गरेकोमा त्यस विरुद्ध रिट परेपछि सर्वोच्च अदालतले कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश भरतबहादुर कार्कीको एकल इजलाशले १७ गतेको पेशी तोक्दै नयाँ नियम कार्यान्यवन नगर्न आदेश दिएको छ ।
पुरानो व्यवस्थामा दुई पाङ्ग्रेको पाँचवटा डण्डी र चार पाङ्ग्रेको टी सेप कटाएपछि लाइसेन्स पाउने व्यवस्था थियो भने नयाँ व्यवस्थामा अंग्रेजीको आठ आकार पुरा गरी ठाउँ ठाउँमा राखिएका ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नु पर्ने व्यवस्था छ ।
पुरानो नियम पारदर्शी नभएको र अयोग्य चालकले लाइसेन्स पाउने गरेको कुरा उठेपछि विभागले नयाँ नियम सुरु गरेको भए पनि सर्वोच्चको अन्तरिम आदेशपछि अब यो रोकिने भएको छ ।

प्रकाशित मिति:
April 26, 2013