एमालेलाई मुख्यमन्त्री छान्न हम्मे हम्मे, बोलाइयो स्थायी कमिटी बैठक
काठमाडौं १६ माघ ।
सात प्रदेशमध्ये चार वटा मुख्यमन्त्री र चार वटै सभामुख भागबन्डामा पाएको एमालेलाई व्यक्ति चयन गर्न भने सकस परेको छ ।
दाबेदार धेरै भएपछि कसरी टुंगो लगाउने भन्ने तनाबभित्र एमाले रहेको छ । ५ नम्बर प्रदेशमा शंकर पोखरेल सर्वसम्मत देखिए पनि प्रदेश १, प्रदेश ३, प्रदेश ४ मा हल गर्न कठिन देखिएकाे छ ।
यसैबीच, एमालेले प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रियाको मापदण्ड निर्धारण गर्न एमाले स्थायी कमिटी बैठक बोलाएको छ ।
कुन प्रक्रियाबाट मुख्यमन्त्री र सभामुखका उम्मेदवार तय गर्ने भन्ने बारेमा स्थायी कमिटीले निर्धारण गर्ने एमालेले जनाएको छ ।
प्रकाशित मिति:
January 30, 2018