भारतीय विदेशमन्त्री आकस्मिक रुपमा काठमाडौं आउँदै
काठमाडौं १६ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा आगामी बिहीबार नेपाल आउने भएकी छिन् ।
देशमा नयाँ सरकार गठनको पूर्व तयारीमा विदेशमन्त्री स्वराज नेपाल भ्रमण आउन लागेकी हुन् । उनी १८ माघमा नेपाल आएर त्यसको भोलि पल्ट नै फर्किने छिन् ।
काठमाडौं बसाईका क्रममा उनले विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा यस्तो भ्रमणले द्विपक्षीय सहकार्यलाई बृद्धि गर्नुका साथै सम्बन्धका विविध क्षेत्रलाई अरु बलियो बनाउने जनाएको छ । तर, सरकार गठनको पूर्वसन्ध्यामा आकस्मिक उनको नेपाल भ्रमणलाई धेरैले भने अस्वभाविक रुपमा समेत लिएको पाइएको छ ।

प्रकाशित मिति:
January 30, 2018