थ्रिलर शैलीमा शेरबहादुर
चलचित्र शेरबहादुर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । शेरबहादुरको बुधबार राजधानीमा प्रिमियर गरिएको थियो । फिल्म हेरिसकेपछि चलचित्रकर्मी तथा सञ्चारकर्मीले विभिन्न प्रतिक्रिया दिए । धेरैजसोले चलचित्रमा सुनिल थापाको अभिनयको प्रशंसा गरे ।
दुई वर्षअघि हलिउडमा निर्माण भएको फिल्म ‘डन्ट ब्रिथ’बाट कथा लिएर नेपाली परिवेशमा निर्माण गरिएको शेरबहादुर नेपाली भाषामा निकै राम्रो थ्रिलर फिल्म बनेको प्रतिक्रिया सञ्चारकर्मीहरूको थियो । फिल्मको ‘थ्रिल’ पाटोको सिनेकर्मीहरूले पनि प्रिमियरमा खुलेर प्रशंसा गरे ।
चलचित्र शुक्रबार मुलुकका सात दर्जन बढी सिनेमा हलमा रिलिज हुने भएको छ । फिल्मलाई मल्टिप्लेक्समा दर्शकहरूले बढी रुचाउने विश्वास निर्माण पक्षको छ ।
चलचित्रमा सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रवीन्द्र झा, जान्हवी बोहरालगायतका कलाकारले विभिन्न चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई नव निर्देशक आर राजवंशीले निर्देशन गरेका हुन् । यो फिल्ममा तीन जना बेरोजगार युवाहरूको संघर्षको कथा देखाइएको छ । अवकाशप्राप्त एक सैनिकसँग उनीहरूको द्वन्द्वसँगै फिल्म अघि बढ्छ । सिनेमामा अवकाशप्राप्त सैनिकको भूमिकामा सुनिल थापा छन् ।
चलचत्रिका एसोसिएन निर्देशक प्रदीप भट्टराईले फिल्मबारे भने, ‘नेपाली थ्रिलर सिनेमा कमजोर हुन्छ भन्ने आरोप लाग्दै आएको बेला यो फिल्म हेरेपछि अहिलेसम्मकै राम्रो नेपाली थ्रिलर फिल्म भन्ने प्रतिक्रिया हामीले प्रिमियरमा पायौं । शेरबहादुर एउटा नेपाली फरक सिनेमा बनेको छ ।’
चलचित्रलाई राजधानीमा गोपालकाजी कायस्थ र राजधानी बाहिर एफडी कम्पनीले वितरण गर्दै छन् । वितरक कायस्थले फरक स्वादको नेपाली फिल्म आफूलाई लागेकाले मल्टिप्लेक्सलाई लक्षित गरेर वितरण गरिएको बताए ।
प्रमोद क्षत्रीले हलिउडमा सन् २०१६ मा बनेको फिल्म ‘डन्ट ब्रिथ’ चलचित्रबाट कथालाई ग्रहण (एडप्टेसन) गरेर यसको कथा बनाएका हुन् । हलिउडको कथालाई नेपाली परिवेशमा ढालिएको यो चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रलाई गौरीशंकर धुजू र धीरज राजवंशीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति:
February 02, 2018