भारतका नेताले भने– 'नेकपा–माओवादीका पनि कुरा सुन्नु’
भदौ २५ । पूर्व केन्द्रीय मन्त्री समेत बनेका भारतीय समाजवादी जनता दल डेमोक्रेटिकका राष्ट्रिय अध्यक्ष देवेन्द्रप्रसाद पौडेलले नेकपा–माओवादीका कुरा पनि सुन्न आग्रह गरेका छन् ।
नेपाल भ्रमणका क्रममा मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले नेपालमा संविधानसभाको निर्वाचनको विकल्प नरहेको तर चुनावको वातावरणमा भने बादल लागेको औल्याए । त्यो बादल वार्ता र सहमतिको वातावरणबाट मात्रै हट्ने उनको भनाई छ ।
माओवादीलाई समेत सहमतिमा ल्याएर नेपालमा संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिएका उनले दलहरुबीचको सहमतिबाट निर्वाचन गरेर लोकतन्त्रलाई संस्थागत गर्न सके मात्रै नेपालको विकास र पहिचन स्थापित हुने उल्लेख गरे ।
नेपालमा लोकतन्त्र मजबुत र स्थायी भए त्यसले दक्षिण एसियाकै राजनीतिमा प्रभाव पर्छ साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने – 'नेपालमा संविधान निर्माण गरेर लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ ।'
अध्यक्ष पौडेल वीपी कोइरालाको सतवार्षिक जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा भाग लिन नेपाल आएका हुन् ।
नेपालमा रहँदा उनले राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रे सभापति सुशिल कोइराला, एमाले नेता माधव कुमार नेपाल लगायतका नेताहरुसँग भेट गरेका थिए ।
प्रकाशित मिति:
September 10, 2013