वाइवाइ चाउचाउविरुद्ध सरकारद्धारा कारबाहीका लागि मुद्धा दायर
भदौ २५ । चौधरी ग्रुपको उत्पादन रहेको वाइवाइ चाउचाउविरुद्ध मुद्धा परेको छ ।
वाइवाइ चाउचाउको गुणस्तर तोकीएको भन्दा न्यून भेटिएपछि सरकारले आवश्यक कारबाहीका लागि मुद्दा दायर गरेको हो ।
वाइवाइ चाउचाउ उत्पादन सिजी फुड्स प्रा.लिविरुद्ध कारबाहीका लागि खाद्य तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दायर गरेको हो ।
चौधरीको ललितपुर, भैसेपाटीस्थित उद्योगलाई विपक्षी बनाई मुद्दा दायर गरिएको खाद्य ऐन अनुसार कारबाही गर्न विभागले सिफारीस गरेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।
विभागको मुद्दा उपर कस्तो कारबाही हुने भन्ने फैसला प्रमुख जिल्ला अधिकारीले गर्ने प्रावधान रहेको छ।
वाइवाइ चाउचाउमा प्रयोग हुने खाने तेलको गुणस्तर कम पाइएपछि जनस्वास्थ्यमा खेलबाड गरेको ठहर गर्दै आवश्यक कारबाहीका लागि मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताएको खबरमा उल्लेख छ ।
प्रकाशित मिति:
September 10, 2013