प्रधानमन्त्री देउवा विजयी, देउवा पत्नी भने ५ हजारले पराजित
काडमाडौं २४ मंसिर ।
डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । देउवा विजयी भएपनि कैलाली ५ मा उम्मेदवार रहेकी उनकी श्रीमती आरजु राणा भने पराजित बनेकी छिन् ।
![]() |
देउवापत्नीलाई पराजित गरेपछि नारदमुनि |
प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भईरहँदा श्रीमती भने करिब ५ हजार मतान्तरले पराजित बन्न पुगिन् ।
देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित बने ।
उता, आरजु राणाले २२३२२ मत ल्याउँदा वाम गठबन्धन साझा उम्मेदवार एमालेका नारदमुनि राना २७२०२ मत ल्याएर विजयी बने ।
प्रकाशित मिति:
December 10, 2017