चुनावपछिको पहिलो दिनको शेयर बजार– ‘अलमल अलमलमा’
काठमाडौं २४ मंसिर
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि प्रारम्भिक नतिजा समेत आएको अवस्थामा पहिलो दिन खुलेको सेयर बजार अलमलमा रहेको पाइएको छ ।
बजार उकालो लाग्ने कि स्थिर बस्ने भन्ने अलमल रहेको पाइएको हो । १५५५ सम्म पुगेको बजार १५३४/४० को बिचमा उकालो लाग्ने चेष्टा गरिरहेको पाइएको छ । यद्यपी, बजार उकालो लाग्न पनि सकेको छैन ।
वाम गठबन्धन दल बहुमत उन्मुख बनेपछि सेयर बेच्नेको भिड खासै नहुँदा बजार ओरालो नै लागेको भने पाइएको छैन । २ बजेर १० मिनेट जाँदा ०.०६ अंकले बजार रातो छ । तर कहिले रातो त कहिले हरियो हुने क्रम छिन छिनमा चलिरहेको छ । यो समयमा कारोबार भने ६२ करोडको भएको छ ।
प्रकाशित मिति:
December 10, 2017