एमाले महासचिव पार्टी एकताको पक्ष कि विपक्षमा ?
काठमाडौं २ पुस
'पार्टी एकतापछि पनि ओली नै पार्टी अध्यक्ष, संसदीय दलको नेता र पार्टी प्रमुख बन्नुहुन्छ ।' यो भनाई नेकपा एमाले महासचिव इश्वर पोखरलको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच सफल चुनावी तालमेल र त्यसपछि पार्टी एकताको पूर्वसन्ध्यामा पोखरेलको यहीँ भनाई पछिल्लो पटक निक्कै चर्चामा छ ।
निर्वाचन अगाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार र पार्टी नेतृत्व सञ्चालन गर्ने सहमति भएको कुरा बताउँदै आएका थिए । अझ, उनले केपी शर्मा ओली प्रधानमन्त्री भनेर निर्वाचन अगाडी नै सार्वजनिक समेत गरेका थिए ।
त्यसो त सरकार प्रमुख ओली र पार्टी एकतापछि पार्टी प्रमुख प्रचण्ड बन्ने भद्र सहमति भएपनि एमालेका नेताहरुले अध्यक्ष पनि ओलीलाई नै बनाउने अभिव्यक्ति दिन थालेपछि यसले दुई पार्टीबिचको पार्टी एकतामा त्रास उब्जाईदिएको छ ।
राजनीतिक पण्डितहरु त महासचिव पोखरेलको भनाईले सोझै पार्टी एकतामा असर पर्ने भन्दै एमालेको धारणा हो भने पार्टी एकता नै नहुने तर व्यक्तिगत उनको धारणा हो भने त्यसले त्यति ठूलो असर नगर्ने विश्लेषण गर्न समेत थालिसकेका छन् ।
के त्यसो भए महासचिव पोखरेल एकताको पक्षमा छैनन् त ? निर्वाचन अगाडी प्रधानमन्त्री र राष्ट्रपति एमालेले पाउने र पार्टी अध्यक्ष प्रचण्डलाई दिइने भद्र सहमति दुई पार्टीबिच भएको पाइन्छ । अहिले आएर विभिन्न मिडियामा पोखरेलले कार्यकारी सबै पोष्टमा ओली नै हुुनुपर्छ भन्ने अभिव्यक्ति भने एकताको विपक्षमा देखिएको छ ।
तेसो भए किन त ?
महासचिव पोखरेल आगामी एमालेको महाधिवेशनमा पार्टी अध्यक्षको दाबेदार हुन् । तर एमाले र माओवादी केन्द्रबिच एकता भएमा उनको अध्यक्षको दाबी समाप्त हुनेछ । त्यो ठाउँमा प्रचण्ड आउने निश्चित छ । राजनीतिक पण्डितहरु दुई कारण अघि सार्छन् । एक राष्ट्रिय तथा अन्तराष्ट्रिय दबाबलाई पहिलो कारण मान्छन् भने दोस्रो उनको पार्टी अध्यक्ष हुने यात्रामा ब्रेक लाग्न लागेकाले उनी विपक्षमा उत्रिएको आरोप लगाउँछन् ।
एमालेभित्र ७० वर्षको म्याद हदका कारण पार्टी एकता भएको खण्डमा पोखरेल पार्टी अध्यक्ष नै नहुने सम्भावना दह्रो छ ।
यता, दुई पार्टीबिच एकताका क्रममा गिभ एण्ड टेक हुनु स्वभाविक हो । तर, पोखरेलको अभिव्यक्तिले सबै लिने कुराे बताउँछ तर दिने कुराे बताउँदैन । माओवादीलाई कार्यकारी नदिएपछि उनीहरु एकतामा आउँदैनन् भनेर जबरतस्त ल्याइएको अभिव्यक्ति त होइन भनेर पनि कतिपयले व्याख्या गर्ने गरेका छन् ।
यसैबिच, पार्टी एकताका विषयमा विभिन्न टिका टिप्पणी आएसँगै दुई अध्यक्षले आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पछिल्लो पटक सरकारसँग राष्ट्रिय सभा गठनको विषयमा द्धन्द्ध बढेकाले सोही विषयलाई प्रधान बनाइए पनि पार्टी एकताको विषय पनि आजको पत्रकार सम्मेलनमा जबरजस्त आउने विषय भएकाले यसबाट पनि केही छन्द भने आउने निश्चित जस्तै छ ।
![]() |
महासचिव पोखरल |

प्रकाशित मिति:
December 17, 2017