• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » सशस्त्र मधेस आन्दोलन चर्काउने योजनामा गुप्ता
सशस्त्र मधेस आन्दोलन चर्काउने योजनामा गुप्ता

भदौँ ५ । भ्रष्टचारको आरोपमा जेलपछि छुटेका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता मधेसमा आन्दोलन चर्काउने तयारीमा रहेको खुल्न आएको छ ।

तराई–मधेस राष्ट्रिय अभियानको नारा लिएर विभिन्न कार्यक्रम तथा गतिविधि गर्दै आएका उनी मधेसमा सशस्त्र समूहसँगको सहकार्यमा आन्दोलन चर्काउने अन्तिम तयारीमा जुटेका छन् ।

‘एक मधेस एक प्रदेश’को मुद्दालाई उठाएर उनले संविधानसभा निर्वाचन अगावै मधेसमा आन्दोलन चर्काउने तयारी गरेका छन् ।

राजधानी दैनिकमा छापिएको खबर अनुसार गुप्ता तराईमा सशस्त्र संघर्ष गर्दै आएको जयकृष्ण गोइत नेतृत्वको सशस्त्र समूह र विकास तिवारी नेतृत्वको संघीय समाजवादी मोर्चासँगको सहकार्यमा आन्दोलन उठाउने तयारी छन् ।

अबको निर्वाचनबाट मधेसवादी दलहरू कमजोर हुने निष्कर्षसहित गुप्ताले निर्वाचन अगावै एक मधेस एक प्रदेशको एजेन्डाको छिनोफानो गर्नुपर्ने मागसहित आन्दोलन उठाउने अन्तिम कसरत सुरु गरेको खबरमा उल्लेख छ ।

यसअघि गुप्ता अर्धभूमिगत भएको भन्दै गृह मन्त्रालयले उनीमाथि निगरानी राख्न आदेश दिएको थियो । तर केही समयपछि गुप्ताले आफू भूमिगत नभएको भन्दै त्यसको खण्डन गरेका थिए ।

प्रकाशित मिति: August 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |