फटाईँ पत्रकारिता: नम्बर-१ नागरिक, २ नम्बर कान्तिपुर, नम्बर ३ लालरक्षक VS कनकमणीहरु

अनि मिडियामा काम गर्ने मिडियाकर्मी यसका हिरो हुन् । उनीहरुले मज्जाले पढेर बुझेर खारिएर आएका हुन्छन् उनीहरुमा आचार संहिताको ज्ञान पनि भएको हुनुपर्छ रे । समाजलाई सचेत गराइरहेका हुन्छन् उनीहरु । शिक्षा दिइरहेका हुन्छन् । अभिप्रेरणा र मनोञ्जन समेत अझै धेरै । दुर्भाग्य नै भनौँ हाम्रा नेपाली मिडिया भने पढेर पनि त्यसो गर्दा रहेनछन् । ठूला मिडिया, चर्चित पत्रकार नै चोरी पत्रकारिताको कमाण्डर झै रहेछन् ।
नेपाली मिडिया फटाहा नम्बर १
: नागरिक दैनिक
यहाँ नजिकैको नागरिक दैनिकमा आवश्यकता भनेर दिइएको विज्ञापन देखिसक्नु भयो होला । अझै शहरमा हुनुहुन्छ भने त रोजगारका लागि भाइ बहिना तथा आफ्नै लागि पनि के रहेछ भनेर बुझिसक्नु भयो होला । अनि अर्को कुरो यो विज्ञापनमा देखाइएको मोडलको फोटो पनि त देखि सक्नु भयो होला नि होइन ? च्वाख मोडल छिन् । पाठकको आँखा झ्याट्ट तान्छ ? कि कसो ? यसरी एउटा विज्ञापनमा मोडलले खेले बापत् उनलाई पैसा दिनुपर्छ ? पैसा भने त्यो कतिको चर्चित कलाकार तथा मोडल हो त्यो अनुसार हुन जान्छ । नेपालमा लगभग २०/४० देखि डेढ लाख या अझै बढी धेरै थोरै पनि लिन सक्छन् । ए पख्नु है करोडौँ रुपयाँ लिने कलाकार समेत नेपालमै छन् । यो रकम विज्ञापन गर्नेले दिन्छन् ।
विदेशमा त कुरै नगरौँ त्यहाँ त लाख करोडका कुरा आउँछन् । यो भै रहेकै कुरा हो । तर यहाँ चाँही कुरो के पर्यो भने यी आवश्यकता भनिएको विज्ञापनमा रहेकी मोडललाई नागरिक जस्तो चर्चित मिडिया हाउसले सित्तैमा राखेको खुलासा देखिएको छ । त्यो पनि चोरेर ? चोरेर ? अचम्म नमान्नुहोस् हो सत्य कुरो त्यही हो कुरो नागरिकले विदेशी मोडलको फोटो चोरेर यो विज्ञापनमा राखेको छ । अब ती मोडलले मुद्धा हालिन भने नागरिकको हालत के होला ? कि नागरिकले मोडलसँग सहमति गरेर फोटो राखेको हो ? उस मोडल को हो चिनेको त छैन होला कसरी सहमति गर्नु ?
कसरी चोरियो त मोडललको फोटो:
नेपाली पाठक माझ एकलौटी हैकम जमाउन खोज्दै गरेको नागरिकले यो विज्ञापन चोर्नु पत्रकारितको आचार संहिता विपरित छ । नागरिक पत्रिका स्वत चोरको दर्जामा त आउने भयो नै ती मोडलले अब क्षतिपूर्तिका माग गर्दै अथवा सम्बन्धित विज्ञापनमा खेलेको कम्पनीले समेतले पनि त नागरिकलाई कारबाही गर्न या गरि पाउँ भन्ने अधिकार छ ?
विश्वमा अहिले खरो बहस हुँदै आएको कपी राइटको कुरा त छँदैछ । कपीराइट भन्नाले कसैको सामग्री आफ्नोमा राखेमा स्रोत उल्लेख गर्नैपर्छ भन्ने हो । यो विज्ञापनमा कपीराइट कहाँ छ नागरिकलाई नै थाहा होला त्यो त ? यो विज्ञापनमा भएको मोडलको फोटोमा चोरिएको सक्कली फोटोमा रहेको लोगो भने फोटोशपबाट हटाइएको रहेछ । हेर्नुहोस यहाँबाट ल्याएको हो त्यो मोडलको फोटो OR मोडलको फोटो-2 नागरिकको बिहीबार २६ को अंकको खेलकुद पृष्ठमा त्यो भन्दा अघिल्लो दिन अन्तिम पृष्ठमा यी नै मोडलको फोटोसहित आफ्नै संस्थाको विज्ञापन पत्रिकामा दिएको छ । त्यो फोटो कहाँबाट कसरी आयो त ? सजिलो छ गुगलमा गयो खोज्यो भेटि जान्छ नि ? कि कसो तपाई पनि हेर्नुहोस न त कहाँबाट चोरीछ फोटो यहाँ क्लिक गर्नुहोस । देखिसक्नु भयो फोटो कहाँबाट आएछ भन्ने कुरो त ? अनि त्यसपछि आज चाँही भने नागरिकले मोडल चोरेर पो राखेको रहेछ भनेर हल्ला खल्ला भएपछि आजको अंकमा मोडललाई हटाएर मात्रै विज्ञापन राखेको छ । हेर्नुहोस पहिलेको फोटो अनि आजको विज्ञापन नभएको फोटो ।
यसरी नागरिक जस्तो पत्रिकाले नै कपीराइट आचार संहिता साथै मिडिया कानुनलाई मिचेर यसरी फोटो चोर्नुले पत्रकारिता जगतको हालत के होला अनि ठूलो मिडिया हाउसले नै त यसरी चोर्छ भने अरु सिकौरी पत्रकार तथा साना मसिना मिडियाले चोर्नु के भयो र अब त ? अबको सबैभन्दा उत्तम उपाय त नागरिकले पाठक सामु क्षमा माग्नु नै त होला नि अनि ति मोडल र कुन कम्पनीमा राखिएको फोटो उसका सामु पनि क्षमा याचना । पत्रकारिताको सिद्धान्तमा गल्ति सच्याउने तत्परता हुनुपर्छ भनिएको छ । तर यो गल्ति नभएर चोरी भएकाले माफी भने नमागे पनि अचम्म मान्नै पर्ने के रह्यो र चोर नेपाली पत्रकारितामा ?
नेपाली मिडिया फटाहा नम्बर २ : नेपाली एउटा चोर र चोरी पत्रकारिता कान्तिपुर :
औपचारिक पत्रकारिता प्रवेशको २२ महिनामा एउटा पत्रकारले कति सफलता पाउँछ ? इमान्दार भएर गर्ने हो भने त नेपाली मिडिया जगतले आर्थिक कुरामा उसले ६ हजार या त ५ हजार भन्दा नपाउँला ? लोक प्रियता त अब १० औँ वर्षदेखि पत्रकारिता गर्दै आएकाको त छैन २२ महिनामै उसको के लोक प्रियता रहँला ? तर नेपाली पत्रकारिताको इतिहासमा २२ महिनामा करिब २२ वर्षको खारिएको पत्रकारको जत्तिकै उपलब्धि हासिल गर्ने एकजना पत्रकारको नाम हो आशिष लुइटेल । जसको प्रगति जो कोही पत्रकारका लागि लोभ लाग्दो रह्यो । चर्चा गरिन्थ्यो । उसका लेखहरु खोजि खोजि पनि त पढिन्थ्यो । नेपाली युवा पत्रकारका नाममा आशिषको नाम चर्चाको शिखरमा सधैँ परिरहयो । चर्चाले उनलाई चुलीमा पुर्यायो अन्तत सूली समेत चढायो ।
आशिष लुइटेलको कान्तिपुर प्रवेश पछिको उपलब्धि ज्यामितिय आकारमा तुलना गर्न लायक थियो । एउटा पाठक पत्र लेखनबाट पत्रकारितामा प्रवेश गरेको इन्जिनियरिङको विद्यार्थीले नेपालको प्रतिष्ठित प्रकाशन संस्थाभित्र प्रवेश गरेको केही महिनामै तहल्लका मच्चाए । जसले युवा पुस्ताको आवाजलाई प्रतिनिधित्व गर्ने हेलो शुक्रबारको संयोजनकारी भूमिका समेत निर्वाह गरे । त्यसले युवा पुस्तामा राम्रै पत्रकारिताको भूमिका खेल्यो पनि त । जहाँ युवा जोश, जागर, युवाअवस्थाका उथलपुथल त्यसभित्रका समस्या समाधान सँगै विविध पाटालाई विभिन्न बाटाको माध्ययमबाट पस्कने काम गर्यो । तर उसको पत्रकारितको गुदीलाई भने कसैले कोट्याउँने काम गरेन । कुदी कोट्याउँदा त गुदी भित्र काठमाडौँको न्युरोडमा केही महिना अघि भेटिएके गुदपाक जत्तिकै फोहोरी भएको प्रमाण फेला पर्यो । आफ्नो प्रकाशन संस्थामा पत्रकारितामा भएका प्रगतिको पाइलालाई कान्तिपुरले सम्मान गर्दै लुइटेललाई हेलो शुक्रबारको संयोजकको जिम्मेवारी बहन गरिदियो । त्यो लायक पनि थियो किन कि यसका कार्य उसको लेखन नराम्रो थिएन । जसको माध्ययमबाट लुइटेल देशभरीका युवाका माझ परिचित मात्र बनेन कति युवाको त आइकन नै बन्न सफल भए । उनले हेलो शुक्रबारमा लेख्ने गरेको ‘विकी टेक’ स्तम्भ दिनप्रतिदिन चर्चित बन्दै गयो । पाठकको प्रतिक्रियाले आशिषलाई उत्साह थपिरहयो । तर कुरा भने अलि अर्कै खालको रहेछ, त्यो कुरा बुझ्दा उसका पाठकहरु छक्क पर्लान किन कि त्यस्तो राम्रो पत्रकारले पनि त्यसो गर्ला त भनेर जिज्ञासा पनि नउठ्ला भन्न सकिदैन । इन्जिनियरिङको विद्यार्थी पत्रकारितामा आएर रातारात कसरी यत्रो प्रगति गर्न सक्छ ? यसको अनुमान कसैले गरेनन ? पछिल्लो चरणमा भने केही पाठकले आशिषको लेखमा नेपाली स्तर नभएर अन्तराष्ट्रिय स्तर पाइने समेत टिप्पणी गर्न थाले । वास्तविकता कहाँ हराउँछ र आशिषले २७ माघ २०६८ को कान्तिपुरको हेलो शुक्रबारमा आफूले पत्रकारितामा गरेको अत्याचारलाई ‘मैले गल्ती गरे’ शीर्षकमा क्षमाको एउटा छेक्को छापे । यत्तिले मात्र उनको पत्रकारिता माथिको अन्याय पखालिन्छ र ? के आशिषले बनाएको हैसियतलाई पाठकले अब कसरी बुझ्ने ? एउटा देशको चर्चित पत्रिकाका पत्रकारले विश्वका चर्चित पत्रिकाबाट हुबहु कपि गर्छन भने त्यस्तालाई के कारबाही हुन्छ ? क्षमा याचना र जागिरबाट निकाल्नु मात्रै त होला नि ? चोर आशिषलाई कान्तिपुर दैनिकले सम्पादकीय टिप्पणी मार्फत गरेको निष्ककाशन मात्र कारबाहीको कसी कि अरु पनि त अब ? पत्रकारिताको माध्ययमबाट, पाठकलाई, देशलाई, जनतालाई र समग्र प्रकाशन संस्थालाई बदनाम गराउँने आशिषको कु नियतले पनि फटाहा नेपाली पत्रकारिताको उदांगता गर्दछ । जसले ‘विकी टेक’ स्तभमा न्यु योर्क टाइम्स, द टेलिग्राफ लगायत विश्व चर्चित पत्रिकाबाट सूचनामात्र नलिई उक्त पत्रिकाका सामाग्रीलाई जस्ताको तस्तै आफ्नो नाममा प्रकाशित गरे पत्रकारिताको मर्यादामाथि बज्र बर्साए । पहिले चोरे चोरे अनि अहिले क्षमा मागे यही हो नेपाली पत्रकारिताको सकली रुप ?
• पूर्व बिबिसी नेपालका जागिरे कयौं धनाढ्य एनजिओका मालिक तथा अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप नेपालका प्रतिनिधि कनकमणि दीक्षित माओवादीविरोधी कोर ग्रुपमा प्रोपोगन्डा विभाग सम्हाल्दछन् ।
• अमेरिकी सहयोग नियोग युएसएडको भगिनी संगठन एशिया फाउन्डेसनमार्फत् माओवादीविरुद्ध गतिविधि गर्न र युद्धकालका मुद्दाहरू ब्युँताएर शान्तिप्रक्रिया तथा संविधान निर्माणमा बाधा हाल्ने कामका निम्ति छ करोड डलरको माओवादीविरोधी अभियानका कोअडिनेटर रहेका दीक्षितले माओवादीविरुद्ध भारतीय दुतावासका उच्च अधिकारीहरूको संलग्नतामा माओवादीविरोधी अभियान बनाउने गरेका छन् ।
• नेसनल ट्रेडिङबाट कागज किनेको पैसा समेत नतिरेको भन्दै उक्त संस्थाले आर्थिक अपराधीका रूपमा चित्रित गरेका दीक्षित यसरी विदेशबाट माओवादीविरोधी अभियानका नाममा ल्याउने करोडौं डलरलाई मासिक १० लाख घाटामा रहेको ‘हिमाल’ खबरपत्रिकाको नाफा भन्दै राज्यलाई ठगी गरिरहेका छन् ।
• ‘हिमाल’ खबर पत्रिकामा पछिल्लो समय बहुसंख्यक नेपालीले प्रशंसा गरेको काठमाडौंको सडक चौडा गर्ने अभियानबारे लेखेको आवरणले नै उनी को हुन् र के उद्देश्यद्वारा सञ्चालित छन् भन्ने प्रष्ट हुन्छ ।
• पछिल्लो समय सेना समायोजनबारे दलहरूबीच सहमति बने पनि, नेपाली कांग्रेससँग उनले सेना समायोजनमा जाँदा माओवादीलाई मेजरभन्दा माथि समायोजन नगर्न सुझाएका थिए । रामचन्द्र पौडेल तथा सुशील कोइरालासँगको भेटमा उनले गिरिजाले माओवादीलाई सँगै हिडाएर लोकतन्त्रलाई धरापमा हालेको र त्यसको परिणाम संविधानसभामा देखिएको भन्दै अब ती गल्ती नदोहो¥याउन आग्रह गरेका थिए ।
• संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उपसमितिमा बहसमा रहेको शासकीय स्वरूपअन्तर्गतको बहसमा कांग्रेस चुके कांग्रेस सदाका लागि पत्तासाफ हुने समेत बताएको स्रोतले खुलाएको छ । शासकीय प्रणाली अन्तर्गत एमाओवादीले भन्ने गरेको राष्ट्रपतीय प्रणालीमा गए प्रचण्ड स्वतः राष्ट्रपतीय निर्वाचनमा निर्वाचित हुने भन्दै त्यसो भएमा कांग्रेस कहिल्यै माथि उठ्न नसक्ने उनको जिकिरलाई प्रमाणित गर्न पहाडी र तराईका ३४ वटा जिल्लामा उनको मातहतमा रहेका एनजिओले गरेको सर्वेक्षणको ढड्डासमेत कांग्रेस सभापतिलाई देखाएका थिए ।
• पछिल्लोपटक एसिया फाउन्डेसन नेपाल र हिमाल मिडियाको आवरणमा गरिएको सर्वेक्षणले तत्काल राष्ट्रपतीय निर्वाचन भए एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड एक्लैले पहिलो निर्वाचनमा नै पचास प्लस एक प्रतिशतभन्दा बढि मत प्राप्त गर्ने गोप्य रिपोर्ट तयार गरेको थियो । सो रिपोर्ट नेपाली कांगे्रस केन्द्रीय कार्यालय, एमालेका केपी ओली, माओवादीप्रति नकारात्मक धारणा राख्ने नेपालस्थित विभिन्न देशका राजदुतहरूलाई बुझाइएको थियो । रिपोर्टबाट झस्किएको एमालेले गत निर्वाचनका बेलामा जारी गरेको प्रतिबद्धतापत्र विपरीत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिबाट आफुलाई पछि हटाएको थियो ।
• उनै दीक्षितले पछिल्लो समय बाबुराम नेतृत्वको सरकारले शान्ति र संविधान निर्माणमा देखाएको तदारुकतालाई अवरोध गर्ने गरी उनले नेपाली कांग्रेसलाई चार पृष्ठ लामो प्रतिवेदन बुझाएका छन् । माघ ५ गते माइतीघरको एक घरमा सुशील कोइराला र रामचन्द्रलाई उनले भेटेर जारी प्रक्रियामा गत्यावरोध जारी राख्न भनेका थिए । सो बैठकमा जनयुद्धका बेला जनसरकारले जग्गा किनबेचका लागि राप्तीको पहाडी क्षेत्रमा वितरण गरेको लालपूर्जाबारे समेत छलफल भएको बुझिएको छ । त्यसबेलाको घरजग्गा किनबेचमा संलग्नमध्ये धेरै संख्या कांग्रेसी कार्यकर्ताको रहेको स्रोतबाट बुझिन आए पनि नेपाली कांग्रेसले त्यही विषयलाई मुख्य मुद्दा बनाएर तीन दलको बैठकमा नबस्ने घुर्की लगाउँदै आएको छ ।
• कनकमणि दीक्षितकै अगुवाइमा राष्ट्रिय दैनिक पत्रिकाका पत्रकारहरूलाई बोलाएर एक बैठक हालै हिमाल मिडिया मुख्यालयमा सम्पन्न भएको छ । मुख्यतः एकीकृत माओवादीविरोधी प्रचारयन्त्रलाई कसिलो बनाउँदै तीखो ढंगले माओवादीविरुद्ध प्रचारलाई केन्द्रित गर्न उनीहरूबीचमा छलफल भएको बुझिएको छ । उक्त छलफलमा माओवादीका फरक–फरक राजनीतिक विचार समूहमा एकका बारेको खबर अर्कोलाई दिएर कसरी उनीहरूलाई एकापसमा आक्रमक बनाउन सकिन्छ भन्नेबारे कनकमणिले सहभागीलाई प्रशिक्षण दिएका थिए । चिनिया“ प्रधानमन्त्रीको नेपाल भ्रमणलगत्तै भएको सो बैठकमा उत्तेजक ढंगले माओवादीविरुद्ध उनले पाखुरा सुर्किंदै भने, ‘माओवादीसँग अहिले जनता पनि छैनन्, सेना पनि छैन, प्रहरी नि छैन, अदालत त झन् हुने कुरै भएन । भारत पनि बीचमा केही नयाँ प्रयोगमा जाउँ न भन्ने मानसिकतामा भए पनि अहिले ठीक ठाउँमा आएको छ । हामीलाई चीन चाहिं माओवादीसँगै छ कि भन्ने जस्तो लागे पनि त्यो साफ भएको छ । यदि जियाबाओ आफ्नो इस्टकोमै आएको अनुभूतिमा भएको भए यति सारो तर्सिएर एक रात नबिताई फर्कने थिएनन् ।’ उनले थपे, ‘बाबुराम वा क्या भन्ने थियो अब सिद्धियो । अब मुलुकलाई अर्को चुनावमा लान सके माओवादीलाई दाह्रानंग्रा नभएको बाघ बनाउन सकिन्छ, हामीले त्यही तयारी गर्नुपर्दछ । यो अभियान भनेको कम्युनिस्ट अधिनायकवादविरुद्धको लोकतान्त्रिक आन्दोलनको हिस्सा हो ।’विदेशमा त कुरै नगरौँ त्यहाँ त लाख करोडका कुरा आउँछन् । यो भै रहेकै कुरा हो । तर यहाँ चाँही कुरो के पर्यो भने यी आवश्यकता भनिएको विज्ञापनमा रहेकी मोडललाई नागरिक जस्तो चर्चित मिडिया हाउसले सित्तैमा राखेको खुलासा देखिएको छ । त्यो पनि चोरेर ? चोरेर ? अचम्म नमान्नुहोस् हो सत्य कुरो त्यही हो कुरो नागरिकले विदेशी मोडलको फोटो चोरेर यो विज्ञापनमा राखेको छ । अब ती मोडलले मुद्धा हालिन भने नागरिकको हालत के होला ? कि नागरिकले मोडलसँग सहमति गरेर फोटो राखेको हो ? उस मोडल को हो चिनेको त छैन होला कसरी सहमति गर्नु ?
कसरी चोरियो त मोडललको फोटो:
नेपाली पाठक माझ एकलौटी हैकम जमाउन खोज्दै गरेको नागरिकले यो विज्ञापन चोर्नु पत्रकारितको आचार संहिता विपरित छ । नागरिक पत्रिका स्वत चोरको दर्जामा त आउने भयो नै ती मोडलले अब क्षतिपूर्तिका माग गर्दै अथवा सम्बन्धित विज्ञापनमा खेलेको कम्पनीले समेतले पनि त नागरिकलाई कारबाही गर्न या गरि पाउँ भन्ने अधिकार छ ?
विश्वमा अहिले खरो बहस हुँदै आएको कपी राइटको कुरा त छँदैछ । कपीराइट भन्नाले कसैको सामग्री आफ्नोमा राखेमा स्रोत उल्लेख गर्नैपर्छ भन्ने हो । यो विज्ञापनमा कपीराइट कहाँ छ नागरिकलाई नै थाहा होला त्यो त ? यो विज्ञापनमा भएको मोडलको फोटोमा चोरिएको सक्कली फोटोमा रहेको लोगो भने फोटोशपबाट हटाइएको रहेछ । हेर्नुहोस यहाँबाट ल्याएको हो त्यो मोडलको फोटो OR मोडलको फोटो-2 नागरिकको बिहीबार २६ को अंकको खेलकुद पृष्ठमा त्यो भन्दा अघिल्लो दिन अन्तिम पृष्ठमा यी नै मोडलको फोटोसहित आफ्नै संस्थाको विज्ञापन पत्रिकामा दिएको छ । त्यो फोटो कहाँबाट कसरी आयो त ? सजिलो छ गुगलमा गयो खोज्यो भेटि जान्छ नि ? कि कसो तपाई पनि हेर्नुहोस न त कहाँबाट चोरीछ फोटो यहाँ क्लिक गर्नुहोस । देखिसक्नु भयो फोटो कहाँबाट आएछ भन्ने कुरो त ? अनि त्यसपछि आज चाँही भने नागरिकले मोडल चोरेर पो राखेको रहेछ भनेर हल्ला खल्ला भएपछि आजको अंकमा मोडललाई हटाएर मात्रै विज्ञापन राखेको छ । हेर्नुहोस पहिलेको फोटो अनि आजको विज्ञापन नभएको फोटो ।
यसरी नागरिक जस्तो पत्रिकाले नै कपीराइट आचार संहिता साथै मिडिया कानुनलाई मिचेर यसरी फोटो चोर्नुले पत्रकारिता जगतको हालत के होला अनि ठूलो मिडिया हाउसले नै त यसरी चोर्छ भने अरु सिकौरी पत्रकार तथा साना मसिना मिडियाले चोर्नु के भयो र अब त ? अबको सबैभन्दा उत्तम उपाय त नागरिकले पाठक सामु क्षमा माग्नु नै त होला नि अनि ति मोडल र कुन कम्पनीमा राखिएको फोटो उसका सामु पनि क्षमा याचना । पत्रकारिताको सिद्धान्तमा गल्ति सच्याउने तत्परता हुनुपर्छ भनिएको छ । तर यो गल्ति नभएर चोरी भएकाले माफी भने नमागे पनि अचम्म मान्नै पर्ने के रह्यो र चोर नेपाली पत्रकारितामा ?
नेपाली मिडिया फटाहा नम्बर २ : नेपाली एउटा चोर र चोरी पत्रकारिता कान्तिपुर :
औपचारिक पत्रकारिता प्रवेशको २२ महिनामा एउटा पत्रकारले कति सफलता पाउँछ ? इमान्दार भएर गर्ने हो भने त नेपाली मिडिया जगतले आर्थिक कुरामा उसले ६ हजार या त ५ हजार भन्दा नपाउँला ? लोक प्रियता त अब १० औँ वर्षदेखि पत्रकारिता गर्दै आएकाको त छैन २२ महिनामै उसको के लोक प्रियता रहँला ? तर नेपाली पत्रकारिताको इतिहासमा २२ महिनामा करिब २२ वर्षको खारिएको पत्रकारको जत्तिकै उपलब्धि हासिल गर्ने एकजना पत्रकारको नाम हो आशिष लुइटेल । जसको प्रगति जो कोही पत्रकारका लागि लोभ लाग्दो रह्यो । चर्चा गरिन्थ्यो । उसका लेखहरु खोजि खोजि पनि त पढिन्थ्यो । नेपाली युवा पत्रकारका नाममा आशिषको नाम चर्चाको शिखरमा सधैँ परिरहयो । चर्चाले उनलाई चुलीमा पुर्यायो अन्तत सूली समेत चढायो ।
आशिष लुइटेलको कान्तिपुर प्रवेश पछिको उपलब्धि ज्यामितिय आकारमा तुलना गर्न लायक थियो । एउटा पाठक पत्र लेखनबाट पत्रकारितामा प्रवेश गरेको इन्जिनियरिङको विद्यार्थीले नेपालको प्रतिष्ठित प्रकाशन संस्थाभित्र प्रवेश गरेको केही महिनामै तहल्लका मच्चाए । जसले युवा पुस्ताको आवाजलाई प्रतिनिधित्व गर्ने हेलो शुक्रबारको संयोजनकारी भूमिका समेत निर्वाह गरे । त्यसले युवा पुस्तामा राम्रै पत्रकारिताको भूमिका खेल्यो पनि त । जहाँ युवा जोश, जागर, युवाअवस्थाका उथलपुथल त्यसभित्रका समस्या समाधान सँगै विविध पाटालाई विभिन्न बाटाको माध्ययमबाट पस्कने काम गर्यो । तर उसको पत्रकारितको गुदीलाई भने कसैले कोट्याउँने काम गरेन । कुदी कोट्याउँदा त गुदी भित्र काठमाडौँको न्युरोडमा केही महिना अघि भेटिएके गुदपाक जत्तिकै फोहोरी भएको प्रमाण फेला पर्यो । आफ्नो प्रकाशन संस्थामा पत्रकारितामा भएका प्रगतिको पाइलालाई कान्तिपुरले सम्मान गर्दै लुइटेललाई हेलो शुक्रबारको संयोजकको जिम्मेवारी बहन गरिदियो । त्यो लायक पनि थियो किन कि यसका कार्य उसको लेखन नराम्रो थिएन । जसको माध्ययमबाट लुइटेल देशभरीका युवाका माझ परिचित मात्र बनेन कति युवाको त आइकन नै बन्न सफल भए । उनले हेलो शुक्रबारमा लेख्ने गरेको ‘विकी टेक’ स्तम्भ दिनप्रतिदिन चर्चित बन्दै गयो । पाठकको प्रतिक्रियाले आशिषलाई उत्साह थपिरहयो । तर कुरा भने अलि अर्कै खालको रहेछ, त्यो कुरा बुझ्दा उसका पाठकहरु छक्क पर्लान किन कि त्यस्तो राम्रो पत्रकारले पनि त्यसो गर्ला त भनेर जिज्ञासा पनि नउठ्ला भन्न सकिदैन । इन्जिनियरिङको विद्यार्थी पत्रकारितामा आएर रातारात कसरी यत्रो प्रगति गर्न सक्छ ? यसको अनुमान कसैले गरेनन ? पछिल्लो चरणमा भने केही पाठकले आशिषको लेखमा नेपाली स्तर नभएर अन्तराष्ट्रिय स्तर पाइने समेत टिप्पणी गर्न थाले । वास्तविकता कहाँ हराउँछ र आशिषले २७ माघ २०६८ को कान्तिपुरको हेलो शुक्रबारमा आफूले पत्रकारितामा गरेको अत्याचारलाई ‘मैले गल्ती गरे’ शीर्षकमा क्षमाको एउटा छेक्को छापे । यत्तिले मात्र उनको पत्रकारिता माथिको अन्याय पखालिन्छ र ? के आशिषले बनाएको हैसियतलाई पाठकले अब कसरी बुझ्ने ? एउटा देशको चर्चित पत्रिकाका पत्रकारले विश्वका चर्चित पत्रिकाबाट हुबहु कपि गर्छन भने त्यस्तालाई के कारबाही हुन्छ ? क्षमा याचना र जागिरबाट निकाल्नु मात्रै त होला नि ? चोर आशिषलाई कान्तिपुर दैनिकले सम्पादकीय टिप्पणी मार्फत गरेको निष्ककाशन मात्र कारबाहीको कसी कि अरु पनि त अब ? पत्रकारिताको माध्ययमबाट, पाठकलाई, देशलाई, जनतालाई र समग्र प्रकाशन संस्थालाई बदनाम गराउँने आशिषको कु नियतले पनि फटाहा नेपाली पत्रकारिताको उदांगता गर्दछ । जसले ‘विकी टेक’ स्तभमा न्यु योर्क टाइम्स, द टेलिग्राफ लगायत विश्व चर्चित पत्रिकाबाट सूचनामात्र नलिई उक्त पत्रिकाका सामाग्रीलाई जस्ताको तस्तै आफ्नो नाममा प्रकाशित गरे पत्रकारिताको मर्यादामाथि बज्र बर्साए । पहिले चोरे चोरे अनि अहिले क्षमा मागे यही हो नेपाली पत्रकारिताको सकली रुप ?
नेपाली मिडिया फटाहा नम्बर तीन: कनकमणीहरु VS लालरक्षक
घटना आलोआलो नै हो । माओवादी सम्बद्ध साप्ताहिक पत्रिका लालरक्षकले यी हुन जनदुश्मन भनेर कनकमणी दीक्षित, सुवोध प्याकुरेल, कुलचन्द्र गौतमका बारेमा थाहा नभएका कुरा समेत बाहिर ल्यायो ।
जहाँ यस्ता कुरा उल्लेख छन् :• पूर्व बिबिसी नेपालका जागिरे कयौं धनाढ्य एनजिओका मालिक तथा अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप नेपालका प्रतिनिधि कनकमणि दीक्षित माओवादीविरोधी कोर ग्रुपमा प्रोपोगन्डा विभाग सम्हाल्दछन् ।
• अमेरिकी सहयोग नियोग युएसएडको भगिनी संगठन एशिया फाउन्डेसनमार्फत् माओवादीविरुद्ध गतिविधि गर्न र युद्धकालका मुद्दाहरू ब्युँताएर शान्तिप्रक्रिया तथा संविधान निर्माणमा बाधा हाल्ने कामका निम्ति छ करोड डलरको माओवादीविरोधी अभियानका कोअडिनेटर रहेका दीक्षितले माओवादीविरुद्ध भारतीय दुतावासका उच्च अधिकारीहरूको संलग्नतामा माओवादीविरोधी अभियान बनाउने गरेका छन् ।
• नेसनल ट्रेडिङबाट कागज किनेको पैसा समेत नतिरेको भन्दै उक्त संस्थाले आर्थिक अपराधीका रूपमा चित्रित गरेका दीक्षित यसरी विदेशबाट माओवादीविरोधी अभियानका नाममा ल्याउने करोडौं डलरलाई मासिक १० लाख घाटामा रहेको ‘हिमाल’ खबरपत्रिकाको नाफा भन्दै राज्यलाई ठगी गरिरहेका छन् ।
• ‘हिमाल’ खबर पत्रिकामा पछिल्लो समय बहुसंख्यक नेपालीले प्रशंसा गरेको काठमाडौंको सडक चौडा गर्ने अभियानबारे लेखेको आवरणले नै उनी को हुन् र के उद्देश्यद्वारा सञ्चालित छन् भन्ने प्रष्ट हुन्छ ।
• पछिल्लो समय सेना समायोजनबारे दलहरूबीच सहमति बने पनि, नेपाली कांग्रेससँग उनले सेना समायोजनमा जाँदा माओवादीलाई मेजरभन्दा माथि समायोजन नगर्न सुझाएका थिए । रामचन्द्र पौडेल तथा सुशील कोइरालासँगको भेटमा उनले गिरिजाले माओवादीलाई सँगै हिडाएर लोकतन्त्रलाई धरापमा हालेको र त्यसको परिणाम संविधानसभामा देखिएको भन्दै अब ती गल्ती नदोहो¥याउन आग्रह गरेका थिए ।
• संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उपसमितिमा बहसमा रहेको शासकीय स्वरूपअन्तर्गतको बहसमा कांग्रेस चुके कांग्रेस सदाका लागि पत्तासाफ हुने समेत बताएको स्रोतले खुलाएको छ । शासकीय प्रणाली अन्तर्गत एमाओवादीले भन्ने गरेको राष्ट्रपतीय प्रणालीमा गए प्रचण्ड स्वतः राष्ट्रपतीय निर्वाचनमा निर्वाचित हुने भन्दै त्यसो भएमा कांग्रेस कहिल्यै माथि उठ्न नसक्ने उनको जिकिरलाई प्रमाणित गर्न पहाडी र तराईका ३४ वटा जिल्लामा उनको मातहतमा रहेका एनजिओले गरेको सर्वेक्षणको ढड्डासमेत कांग्रेस सभापतिलाई देखाएका थिए ।
• पछिल्लोपटक एसिया फाउन्डेसन नेपाल र हिमाल मिडियाको आवरणमा गरिएको सर्वेक्षणले तत्काल राष्ट्रपतीय निर्वाचन भए एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड एक्लैले पहिलो निर्वाचनमा नै पचास प्लस एक प्रतिशतभन्दा बढि मत प्राप्त गर्ने गोप्य रिपोर्ट तयार गरेको थियो । सो रिपोर्ट नेपाली कांगे्रस केन्द्रीय कार्यालय, एमालेका केपी ओली, माओवादीप्रति नकारात्मक धारणा राख्ने नेपालस्थित विभिन्न देशका राजदुतहरूलाई बुझाइएको थियो । रिपोर्टबाट झस्किएको एमालेले गत निर्वाचनका बेलामा जारी गरेको प्रतिबद्धतापत्र विपरीत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिबाट आफुलाई पछि हटाएको थियो ।
• उनै दीक्षितले पछिल्लो समय बाबुराम नेतृत्वको सरकारले शान्ति र संविधान निर्माणमा देखाएको तदारुकतालाई अवरोध गर्ने गरी उनले नेपाली कांग्रेसलाई चार पृष्ठ लामो प्रतिवेदन बुझाएका छन् । माघ ५ गते माइतीघरको एक घरमा सुशील कोइराला र रामचन्द्रलाई उनले भेटेर जारी प्रक्रियामा गत्यावरोध जारी राख्न भनेका थिए । सो बैठकमा जनयुद्धका बेला जनसरकारले जग्गा किनबेचका लागि राप्तीको पहाडी क्षेत्रमा वितरण गरेको लालपूर्जाबारे समेत छलफल भएको बुझिएको छ । त्यसबेलाको घरजग्गा किनबेचमा संलग्नमध्ये धेरै संख्या कांग्रेसी कार्यकर्ताको रहेको स्रोतबाट बुझिन आए पनि नेपाली कांग्रेसले त्यही विषयलाई मुख्य मुद्दा बनाएर तीन दलको बैठकमा नबस्ने घुर्की लगाउँदै आएको छ ।
• कनकमणि दीक्षितले आफ्ना एनजिओ, आइएनजिओको सञ्जाललाई प्रयोग गरी तिनीहरूमार्फत् एकीकृत माओवादीविरुद्ध विश्व जनमत बनाउने अभियानमा जुटिरहेका छन् । काठमाडौंबाट प्रसारित हुने अधिकांश टेलिभिजन च्यानल र तिनका समाचार तथा विचारप्रधान संवाद कार्यक्रममा माओवादीविरोधी जनमत बनाउन सक्ने मान्छेलाई प्राथमिकता दिन थालेका छन् ।
• उनले विभिन्न संघसस्था तथा निकायलाई माओवादीको गतिविधिको सत्यतथ्य जानकारी गराउन कतिपय स्थानमा सुराकी नियुक्त गर्ने गरेको समेत थाहा हुन आएको छ । ती सुराकीहरूले माओवादी नेताका गतिविधि, तिनका उठबस तिनको बासस्थान तिनले प्रयोग गर्ने मार्ग तथा उनीहरूले नियमित भेट्ने मानिसहरूको समेत जानकारी राखेर सबन्धित निकायमा पठाउने गरेको बुझिएको छ । जुन वार्षिक नेपालसम्बन्धी रिपोर्टका रूपमा रअ र सिआइएको मुख्यालय पुग्ने गरेको स्रोतले जनायो ।
यसरी यी हुन जनदुश्मन भनेरै कभर स्टोरी बनाएपछि कनकमणीहरु पनि सिँधै समस्या लिएर प्रधानमन्त्री सामु पुगे । शक्तिभएका हौँ भनेर नै होला उनीहरुले सत्ताको साथलाई पहिलो प्राथमिकतामा राखे ? कुनै मिडियाले गल्ती गरेमा प्रेस काउन्सिलले त्यसको बारेमा हेर्ने हो तर कनकमणीहरुले प्रधानमन्त्रीलाई चिठी लेख्दै माओवादीको पत्रिकाले जनदुश्मन घोषणा गरेकाले ज्यान केही भएमा माओवादीले जिम्मा लिनुपर्ने माग गरे । जे होस यो पनि एउटा नेपाली मिडियाको फटाई चर्चिकला भन्दा बाहेक अरु होइन । यहाँ पत्रकारितको प्रतिस्पर्धा भन्दा पनि को भन्दा को कम भन्ने शक्ति प्रदर्शन भएको छ ? एकातिर नागरिक समाजका अगुवा सँगै वरिष्ठ पत्रकारका नाममा कहलिएकाले अन्य पत्रकारिता गर्न खोज्नेलाई भारेभुरे ठानेका छन् भने उनीहरुले भारे भुरे ठानेकाले पुन शक्तिमा पुगेकालाई सोत्तर बनाउँने मिसन बोकेका छन् । यसरी एकले अर्कालाई आरोप र पत्यारोपको योजना बनाउँदै त भन्दा म वीर भन्ने मानसिकताले पत्रकारिता जगतलाई धमिलो पानीको माछा बनाएको स्पष्ट छ ।
अन्याय कसलाई भयो भन्दा पनि नेपाली पत्रकारितामा घट्ने यस्ता घटनाले गलत नजिरको स्थापना गर्दै एउटा गलत पत्रकारितको प्रवशे मात्र गराएको छ । यहाँ आचार संहिताका कुरा खै ? पत्रिकाले गल्ती गरेमा प्रधानमन्त्रीलाई चिठी नै लेख्नुपर्ने हो भने प्रेस काउन्सिल किन चाहियो ? शक्ति हुनेले चाँही जे गर्न पनि हुने हो र ? अनि एकले अर्काको विरोध गर्ने मिडिया यी त उदाहरण मात्रै हुन् तर नेपाली मिडियामा चोर पत्रकारिता, दलिय पत्रकारिता, स्वार्थपूर्तिको पत्रकारिता भने बढेर गएको छ । तपाईहरुका प्रतिक्रिया पनि तल समेट्न नभुल्नुहोला है त ।
टेनिस रोका/लुइटेल दिनेश
rokatenish@gmail.com/youthluitel@gmail.com
प्रकाशित मिति:
February 10, 2012