• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » काठमाडौं प्रहरी प्रमुख खरेललाई भेट्न गएका डन सिँधै जेलमा
काठमाडौं प्रहरी प्रमुख खरेललाई भेट्न गएका डन सिँधै जेलमा

माघ २६ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई भेटेर नजिक हुन पुगेका एक युवक उल्टै जेलमा कोचिनु परेको छ ।

खरेलको कार्याकक्षमा बिहीबार साँझ एक युवक ‘दाई नमस्ते’ भन्दै प्रवेश गरे । सर्वसाधारणलाई सहज भेट दिने खरेल ती व्यक्तिसँग भने आक्रोशित भए । आदेश दिए, ‘यो किन आयो यहाँ, लगेर थुन ।’ एसएसपी खरेलसँग भेटेर सम्बन्ध बनाएर नजिक हुन हनुमानढोका परिसर पुगेका बलराम सापकोटा ‘बले’ प्रहरी खोरमा परेका हुन् । क्यासिनो किङका नामले चिनिने उनी प्रहरी अधिकारीहरुलाई समेत आर्थिक प्रभावमा पारी क्यासिनोमा करोडौ रुपैयाँ कमाउन सफल व्यक्ति हुन् ।

रातारात करोडपति बनेका उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल पैहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी०ले समेत छानबिन गरिरहेको छ । राजधानीमा गुन्डागर्दीमा सक्रियविरुद्ध खरेल आक्रामक रुपमा प्रस्तुत भएपछि सापकोटा खरेलसँग निकट बन्न बेलुका करिब सात बजेदेखि भेट्न पुगेका थिए । गुन्डा, दलाल र पटाहाहरुसँग संगत नै नगुर्न बिहीबारै मातहतका प्रहरीलाई निर्देशन दिएका खरेलले क्यासिनोमा बदनाम व्यक्ति आफूलाई भेट्न आएपछि पक्राउ गरेको हुनमानढोका प्रहरी स्रोतले बताएको नयाँ पत्रिकामा नवराज मैनालीले समाचार लेखेका छन् ।

प्रहरीले शुक्रबारै सापकोटालाई केही सार्वजनिक अपराध मुद्दामा अदालतबाट म्याद थप गरिसकेको छ । खरेल अघिल्लोपटक काठमाडौं परिसरको प्रमुख हुँदा पनि बले पक्राउ परेका थिए । सामान्य आर्थिक अवस्था भएका बले क्यासिनो बाउन्सर हुँदै चर्को व्याजमा पैसा लगानी गरेर रातारात करोडपति बनेका हुन् । पछिल्लो समय उनले रोयल र एभरेस्ट क्यासिनोमा टेबुल भाडामा लिएर जुवा खेलाउँदै आएका छन् । क्यासिनो अपराधी जन्माउने अखडा बन्दै गएको भन्दै क्यासिनोमा नेपाली प्रवेशलाई शून्य बनाउने खरेलको योजना छ ।

प्रकाशित मिति: February 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |