घरमा काम गर्ने बालिका यौनशोषण गर्ने पूर्वसभासद्लाई सात वर्ष कैद
माघ । घरमा काम गर्ने बालिकालाई यौन शोषण गरेको अभियोगमा एमाओवादीका पूर्व सभाषद सफिक मियालाई अदालतले सात वर्ष कैद तोकेको छ।पूर्वसभाषद मियालाई शुक्रबार नै जेल समेत चलान गरिएको छ ।
जिल्ला न्यायधीश रामप्रसाद ओलीको एकल इजलासले पुर्पक्षका लागि थुनामै रहेका मियालाई सात वर्ष कैद र दुईलाख जरिवानको फैसला गरेको हो।
१४ बर्षीया बालिकामाथि यौनशोषण गरेको आरोपसहि तगत वर्षको मंसिरमा सपिक उपर जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो।
प्रकाशित मिति:
February 09, 2014