• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » केपी ओलीको समर्थनमा कोइरालाको प्रधानमन्त्रीमा उम्मेदवारी
केपी ओलीको समर्थनमा कोइरालाको प्रधानमन्त्रीमा उम्मेदवारी

माघ २६ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको समर्थनमा कांग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्रीको उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री पदका लागि सोमबार हुने निर्वाचनमा एमालेले समर्थन गरेसँगै कोइराला बहुतीय प्रणालीमार्फत सर्वसम्मत प्रधानमन्त्री बन्ने देखिएको छ ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेल प्रस्तावक तथा केपी शर्मा ओलीको समर्थनमा कोइराला आफैँले संविधानसभा भवनमा उम्मेदवारी दर्ता गराएका हुन् ।


सुरुमा एमालेले कांग्रेस नेतृत्व मान्न तयार नरहने पनि ७ बुँदे सहमतिपछि कांग्रेस सभापति कोइरालालाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो ।

जुन ७ बुँदा यस्ता छन्ः

१) एक वर्षभित्र नयाँ संविधान जारी गर्ने।

२)  अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।

३) संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने।

४)  एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने।

५) एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।

६) सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।

७) संविधान सभा अध्यक्ष एमालेलाई दिने।  

प्रकाशित मिति: February 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |