• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » पञ्चायतकालमा अपहरित जहाज बिपी सङ्ग्रहालय सुन्दरीजलमा राखिने
पञ्चायतकालमा अपहरित जहाज बिपी सङ्ग्रहालय सुन्दरीजलमा राखिने

२१ फागुन । पञ्चायती शासनविरुद्ध सङ्घर्षका क्रममा नेपाली काँग्रेसले २०३० सालमा अपहरण गरेको जहाज सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा राखिने भएको छ ।

नेपाली राजनीतिक क्रान्तिका अग्रणी व्यक्ति जननायक बिपी कोइरालासहितका नेताहरुले लामो समय जेल जीवन बिताएको उक्त सङ्ग्रहालयमा निरङ्कुशताविरुद्ध काँग्रेसले गरेका महत्वपूर्ण घटनाको युगौंयुगसम्म स्मरण गराउने उद्देश्यले जहाजलाई सङ्ग्रहालयमा राख्न लागिएको हो ।

काँग्रेसले सशस्त्र सङ्घर्षका क्रममा विराटनगरबाट उड्दा अपहरण गरेको उक्त जहाज २०३० जेठ ३० मा अपहरण गरिएको थियो । अपहरण गर्ने नेताहरुमा गिरिजाप्रसाद कोइराला, वर्तमान प्रधानमन्त्री सुशील कोइराला, दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुङ्गेललगायत हुनुहुन्थ्यो ।

क्यानाडेली विमान कम्पनीले २०२८ असार ३ गते काठमाडौँमा ‘डेलिभरी’ गरिदिएको उक्त जहाजले त्यसबेलादेखि निरन्तर निगमको सेवा गर्दै आएकामा १६ फेब्रुअरी २०१४ मा अर्घाखाँचीमा दुर्घटना भई पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

काठमाडौँबाट पोखरा हुँदै जुम्ला र त्यहाँबाट नेपालगञ्जसमेत उड्ने उडान तालिका भएको सो जहाज पोखराबाट जुम्लातर्फ उड्दै गर्दा सम्पर्कविहीन भएपछि अर्घाखाँचीको मसिने लेकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा एक बच्चा, एक विदेशी र तीन चालक दलका सदस्यसहित १८ जनाले ज्यान गुमाएका थिए । यसअघि २०४९ साल असार २१ गते यो विमान जुम्लामा सामान्य दुर्घटनामा परेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो ।

जहाजका सामग्रीलाई बिपी सङ्ग्रहालय, सुन्दरीजलमा राख्ने तयारी गरिएको र दुई÷तीन महिनाको समयावधिमा राखिसक्ने सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलले जानकारी गराउनुभयो ।
विसं २०३३ पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रका लागि आठ वर्ष लामो भारत निर्वासनपछि स्वदेश फर्केपछि सिधै पु¥याइएको सुन्दरीजल जेललाई सङ्ग्रहालय बनाइए पछि त्यहाँ क्रान्तिसँग सम्बन्धित महत्वपूर्ण सामग्री राख्ने काम हुँदैआएको छ ।

सङ्ग्रहालयमा भारतको कलकत्ता(तलिगञ्ज)मा नेपाली काँग्रेसको गठन ताकाका ऐतिहासिक दस्तावेज पनि ल्याउने तयारी भइरहेको छ । विसं २००३÷०४ तिर सशस्त्र सङ्घर्षका लागि सङ्कलित हतियार राखिएको बाकस पनि सङ्ग्रहालयमा राखिने भएको छ ।

पोखरेलका अनुसार उक्त बाकस हाल विराटनगर निवासी भीमराज नौलखाको घरमा रहेको छ ।
सुन्दरीजलको बन्दी गृहमा बिपीसहित गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ र प्रेमराज आङ्दाम्बेले जेल जीवन बिताउनुभएको थियो । रासस

प्रकाशित मिति: March 05, 2015

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |