उम्मेदवारलाई ठेगान लगाउन थापाको कार्यकर्तालाई निर्देशन

३३ दलले बिहीबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यथास्थितिमा आफूहरुको असहमतिका बीच निर्वाचन गरिए सुरक्षाको जतिसुकै घेरा बनाएपनि त्यसलाई परास्त गर्ने र जबर्जस्ती गर्न खोजे रेग्मी सरकारलाई समाप्त पार्ने चेतावनी समेत दिए ।
कार्यक्रममा सम्बोधन गर्दै महासचिव थापाले सेना परिचालन गरेर चुनाव गराउने सपना नदेख्न चार दललाई चेतावनी पनि दिएका छन् ।
दलीय सरकार गठन नहुन्जेलसम्म ३३ दलको आन्दोलन नरोकिने भन्दै आफ्ना मागलाई वेवास्ता गरे त्यसको जिम्मेवारी चार दलले लिनुपर्ने पनि उनले बताए ।
प्रकाशित मिति:
September 20, 2013