नेपालले जित्यो राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा
कात्तिक २४ - संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) को सदस्यमा नेपालले जित्न सफल भएको छ ।
राष्ट्रसङ्घको ६७ औं महासभाले नेपालसमेत १८ देशलाई उक्त परिषद्मा चयन गरेको हो ।
जसमा १८ देशमध्ये एसिया-प्यासिफिक क्षेत्रबाट भने नेपालसहित कुवेत, क्रिजिकिस्तान तुर्केमानिस्तान समेत रहेका छन् ।
तीन वर्षका लागि परिषद् सदस्यमा निर्वाचित नेपालले आगामी पुस १७ गतेदेखि कार्यभार सम्हाल्ने छ ।
संयुक्त राष्ट्रसंघको महासभामा महत्त्वपूर्ण मानिने इकोसोकको सदस्य पदमा नेपाल विजयी हुनुलाई देशकै गर्भ गर्न लायक मान्न सकिन्छ । जसका लागि परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले महत्वपूर्ण योगदान पुर्याउँदै आएका थिए ।
परिषद्मा निर्वाचित अन्य मुलुकमा अल्बानिया, बेनिन, बोलिभिया, क्यानाडा, कोलम्बिया, क्रोसिया, हाइटी, मरिसस, नेदरल्यान्डस्, सानमारिनो, दक्षिण अफ्रिका, सुडान, ट्युनिसिया र संयुक्त राज्य अमेरिका रहेका छन् ।
प्रकाशित मिति:
November 09, 2012