• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » महासेनानी लामालाई २० वर्षसम्म जेल सजाय हुन सक्ने सम्भावना
महासेनानी लामालाई २० वर्षसम्म जेल सजाय हुन सक्ने सम्भावना

पुस २१ – बेलायतमा छुट्टि मनाउन पुगेका नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायती कानुन अनुसार २० वर्षसम्म जेल सजाय हुन सक्ने सम्भावना रहेको छ ।


मानवअधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले बेलायती अदालतले उनलाई २० वर्षसम्मको कैद सजाय दिनसक्ने बताएका हुन् । तर उनी विरुद्ध प्रमाण जुटाउन बेलायतका प्रहरी नेपाल आउनै पर्ने भने हुन्छ ।

नेपालमा यातनाविरोधी कानुन नभएकाले कर्णेल लामाले बेलायतमा सजाय भोग्नुपर्ने अवस्था आएको मानवअधिकारवादीहरूको भनाई छ ।

मानव अधिकारवादी सुवोध प्याकुरेलले नेपालमा जारी १० वर्षे जनयुद्धमा युद्ध अपराध भएको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको भन्दै प्रमाण जुटाउने सिलसिलामा बेलायतका प्रहरी नेपाल आउन सक्ने र त्यतिबेला नेपालले सहयोग गर्नुपर्ने पनि बताएका छन् ।

त्यहाँ सन् २००५ मा यही प्रकृतिको आरोपमा मुछिएका एक अफगानीलाई २० वर्षको जेल सजाय दिइएको थियो ।

तर उनलाई त्यतिकै छाड्न पनि सम्भावना रहेको र अनुसन्धानबाट दोषी देखाउन पनि सक्ने दुवै सम्भवना भने उत्तिकै छ ।

यो पनि पढ्नुहोस्

नेपाली सेनाका कर्णेल लामा बेलायतमा किन परे पक्राउ ?

प्रकाशित मिति: January 05, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |