• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Bichar » यौन हिंसाबाट बच्न महिलाहरुलाई केही टिप्सहरु
यौन हिंसाबाट बच्न महिलाहरुलाई केही टिप्सहरु


पछिल्लो पटक देशका विभिन्न भागमा दिनहुँ जसो यौन हिंसाका समाचार आउन थालेका छन् । कतै त दर्शानाक खालका समेत छन् । यौनहिंसाबाट महिला प्रताडित बन्ने क्रम बढ्दो छ । महिलाहरू घरदेखि कार्यस्थलसम्म यौनहिंसाको सिकार बन्ने गरेका छन् । विभिन्न अध्ययनले पनि यो तथ्यलाई प्रस्ट्याएका छन् ।
महिलाहरू सहकर्मीबाट भन्दा माथिल्लो तहका कर्मचारीबाट विभिन्न नाममा यौनहिंसाको सिकार बन्दै आएको सर्वेक्षणले बताउँछन् । त्यसो त सम्भावित यौनदुव्र्यवहार रोक्न महिला आफैँ पनि सचेत हुनुपर्ने देखिएको छ ।
यौन हिंसाबाट बच्ने केही टिप्सहरु
- स्मार्ट देखिनुस् तर भलाद्मी पोसाक लगाउनुस् ।
- चुनौतीदेखि नभाग्नुस् । आत्मविश्वास बढाउनुस् ताकि आफूमाथि हुन सक्ने हिंसाविरुद्ध बोल्न सकियोस् ।
- आफूले भोगेका यौनहिंसाका हरेक घटना डायरीमा लेख्नुस्, जसले कानुनी न्यायप्राप्तिका सिलसिलामा प्रमाणको काम गर्न सकोस् ।
- विश्वासिला सहकर्मीलाई मिलाएर समूह बनाउनुस् ताकि दुव्र्यवहारविरुद्ध आवाज बुलन्द बनाउन सकियोस् ।
- यौनहिंसामा परेको महसुस भएपछि धेरैले तपाईंलाई शंका गर्न सक्छन् । कुरा धुत्न पनि खोज्छन् तर कान थाप्ने सबैलाई आफ्नो समस्या नखोल्नुस् । सकेसम्म एक व्यक्तिलाई भन्नुस्, जो तपाईंलाई हिंसा गर्नेभन्दा माथिल्लो तहको होस् ।

प्रकाशित मिति: January 05, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |