• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » छोरालाई २ हजारमा बन्धक राखेर बिहे
छोरालाई २ हजारमा बन्धक राखेर बिहे

पुस १६ - प्रेमले सानो-ठूलो, धनी-गरिब, तन्नेरी-वृद्ध, विवाहित-अविवाहित अनि पराई-इष्टमित्र भन्दैन् । गरिबीले प्रेमलाई छेक्दो रहेनछ । आफुले जन्माएको छोरा बन्ध राखेर महिलाले अर्को बिहे गर्छिन भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै उदेकलाग्दो महिलाको प्रेमले चितवनको कोरकमा अहिले चर्चा पाएको छ ।


चालीस कटेकी र चार छोराछोरीकी आमाले दोस्रो बिहेका लागि आफ्ना छोरा बन्धक राखेर भागिन् । श्रीमती र्फकने आसमा उनका श्रीमान् घर कुरेर बसिरहेका छन् । कोराक ६ नौलापुरकी ४१ बर्षकी लालीमाया ९ बर्षको छोरा २ हजारमा बन्धक राखेर गाउँकै ५० बर्षका रेशमलालसँग भागेकी हुन् । तीन छोराछोरीका बाबुसँग उनले दोस्रो बिहे गरेकी हुन् । उनीहरु नातामा देवर भाउजु पर्छन् । खैरहनी गाविसस्थित पूर्वपश्चिम राजमार्गको एक चौधरीको घरमा कान्छो छोरा समुन्द्रलाई बन्धक राखेपछि २ हजार सापट पैसा उठाएर उनले दोस्रो बिहे गरेकी हुन् ।

पहिलेका श्रीमान् ६० बर्षका युगरामले भने ‘श्रीमती र्फकने आसमा छु, छोराछोरीको मायाले आउँछिन् भन्ने लाग्छ ।’उनले श्रीमतीलाई माया गर्न छाडेका छैनन् । चेपाङ परम्पराअनुसार विहे गरेका उनीहरुका तीन छोरा र एक छोरी छन् । पैसाको जाहो गर्न श्रीमतीले छोरालाई २ हजार बन्धकमा राखेपछि उनले खाजस् पाउँ भनेर गाउँलेसित हारगुहार गरे । भगाउने रेशमलाल राष्ट्रिय जनमोर्चाका गाविस अध्यक्ष र लालीमाया प्यारालिगल कमिटिकी उपमध्यक्ष हुन् । दुशैजना चेपाङ समुदायका जान्ने, बुझ्नेमा गनिने कान्तिपुरले समाचार छापेको छ ।

प्रकाशित मिति: December 31, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |