बैंकभित्रै झोला काटेर एक लाख चोरी
माघ ५ – चितवनमा दुई व्यक्तिबाट एक लाख रुपैयाँ चोरी भएको छ । हिमालयन बैंकमा रकम राख्ने क्रममा बैंक हाताबाटै झोला काटेर बिहीबार रकम चोरी भएको चितवन प्रहरीले जनाएको छ ।
हिमालयन बैंक नारायणगढ शाखा हाता भित्रैबाट रकम चोरी भएको हो । भरतपुरका भुषणकुमार गुप्ता र गैंडाकोटका केशवप्रसाद मैनालीको साथमा रहेको ५०–५० हजार गरी एक लाख चोरी भएको प्रहरीले जनाएको छ ।
बैंकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा झोला नै काटेर पैसा चोरी भएको प्रहरीले बताएको छ । चोरी गर्ने तीन जनाको खोजी कार्य भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक अरुण पौडेलले बताएको राससमा उल्लेख छ ।
चोरी गर्ने व्यक्तिको सिसी टिभीको आधारमा पहिचान भएको र उनीहरू तीन जनाको समूहमा रहेको देखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
January 18, 2013
