• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन

माघ ३ – पत्रकारका हत्यारालाई कारबाहीको माग गर्दै इटहरीका पत्रकारले कपाल काटेर विरोध गरेका छन् ।

दैलेखका पत्रकार डकेन्द्र थापाको हत्यामा संलग्न भएकालाई कडा कारबाहीको माग गर्दै आज इटहरीका पत्रकारले कपाल काटेर विरोध जनाएका हुन् ।

इटहरी नगरपालिका अगाडिबाट जुलुससहित चोकमा आएर पत्रकारले पत्रकार थापाको हत्यामा संलग्न भएकालाई कारबाही गर्न रोक लगाउने कार्यको कडा शब्दमा विरोध गर्दै कारबाहीका लागि दबाब सिर्जना गर्न कपाल मुण्डन गरेका हुन् ।

देशभर पत्रकार थापाको हत्यामा संलग्नलाई कारबाही हुनुपर्छ भन्दै विरोध चर्किरहेको बेला रिपोर्टर्स क्लब सुनसरीको नेतृत्वमा इटहरी चोकमा भेला भएका पत्रकारले कपाल काटेर सरकारप्रति व्यङ्ग्यसमेत गरेका छन् ।

रिपोर्टर्स क्लब सुनसरीका अध्यक्ष धनबहादुर पुरीको नेतृत्वमा जम्मा भएका झन्डै एकदर्जन पत्रकारले कपाल काटेर वर्तमान सरकार प्रेस विरोधी भएको टिप्पणीसमेत गरेका छन् ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |