• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » दैनिक १८ घन्टा लोडसेडिङ भएपछि....
दैनिक १८ घन्टा लोडसेडिङ भएपछि....

माघ ३ – बढ्दो विद्युत कटौतीले जनजीवन प्रभावित हुँदासमेत सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै स्थानीयवासीले आज बिहानैदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा चक्काजाम गरेका छन् ।


दैनिक १८ देखि २० घन्टासम्म विद्युत कटौती भइरहँदासमेत सम्बन्धित निकायले यसलाई नियन्त्रण गर्न कुनै पहल नगरेको भन्दै स्थानीयवासीले बिहान ७ बजेदेखि सो मार्गमा चक्काजाम गरेका हुन् ।

चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सयाँै सवारी साधन बीचबाटोमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

विद्युत कटौतीको समय घटाएर नियमित विद्युत् आपूर्तिको व्यवस्था नमिलाएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

यस्तै अचानक सप्तरीमा १८ देखि २० घन्टासम्म विद्युत कटौती हुन थालेपछि सप्तरी सदरमुकाम राजविराजसहित ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ ।

गहुँबाली लगाउने बेलामा विद्युत् कटौती गरेपछि कृषक बढी मारमा परेका छन् ।

भारतले दिँदै आएको विद्युत् सेवा बन्द गरेपछि जिल्लामा विद्युत कटौती गर्नु परेको नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाका प्रमुख शम्भु कुसियैतले जानकारी दिए ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |