शरीरका तौल घटाउन महिलाले पुरुषभन्दा २० प्रतिशत बढी मिहिनेत गर्नुपर्ने जनाइएको छ । पुरुष र महिलामा पुरुषको तुलनामा महिलालाई खानपिनमा पनि २० प्रतिशत अतिरिक्त ध्यान दिनुपर्ने शोधकर्ताहरूको निष्कर्ष छ ।
शारीरिक बनावट र हर्माेन सन्तुलन यसको मुख्य कारण भएको उनीहरूको भनाइ छ । यो रहस्य अमेरिकाको मिसुरी युनिभर्सिटीका वैज्ञानिकहरूको एक अनुसन्धानबारे डेलो मेलमा प्रकाशित भएको छ ।
उनीहरूले अनुसनधानमा समान तौल भएका महिला र पुरुषलाई सहभागी गराएका थिए । सहभागी सबैलाई एउटै प्रक्रिया र अनुपातमा कसरत र आकार दिइएको थियो । यसमा महिलाको तुलनामा पुरुषलाई २० प्रतिशत बढी फाइदा भएको देखियो ।
१६ सातासम्म चलेको ‘व्यायाम’ योजनामा ७५ जनालाई एरोबिक कार्डियो भस्कुलर एक्सरसाइज गराइएको थियो । यसपछि आएको परिणाम आश्चर्यजनक थियो । पुरुषको तौलमा व्यायाम अनुरूप परिवर्तन आएको थियो भने महिलाको हकमा २० प्रतिशत अतिरिक्त श्रम गरेपछि मात्र सो बमोजिम को परिणाम पाइएको थियो ।