लोकतन्त्र दिवसमा यस्तो दिए मन्त्रिपरिषद्का अध्यक्षले शुभकामना !
बैशाख ११ । आज बैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले देशलाई अग्रपथमा उन्मुख गराउने सन्दर्भमा २०६२/६३ को आन्दोलनमार्फत प्राप्त लोकतन्त्र अमूल्य निधिका रुपमा रहेको उल्लेख गरेका छन् ।
लोकतन्त्र दिवस–२०७० का अवसरमा आज दिएको सन्देशमा उनले नेपाली जनताले विभिन्न कालखण्डमा गर्दै आएका सङ्घर्षहरूको उपलब्धिका रुपमा प्राप्त लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
सन्देशमा उनले नेपाली इतिहासमा भएका राजनीतिक परिवर्तन र पृष्ठभूमिमा लोकतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक व्यवस्थालाई सदृढीकरण गरी जनआकाङ्क्षाअनुरुपको शासन व्यवस्था स्थापित गर्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
सन्देशमा नेपालीहरूले आफ्नो समृद्ध भविष्य निर्माणका लागि अब ढिलाइ गर्नु हुँदैन भन्दै उनले गल्ती कमजोरीहरूलाई सच्याउन इतिहासले एक÷दुई पटक अवसर दिन्छ तर सधैँ अपरिपक्व र निष्प्रभावी रही आफ्ना कमजोरी सच्याउने अवसरबाट विमुख हुँदै जाने हो भने भविष्य निर्माणको आधार सधैँ अनिश्चित र दिशाहीन अवस्थामा रहिरहने उल्लेख छ ।
अध्यक्ष रेग्मीले एक्काइसौँ शताब्दीमा नागरिक स्वतन्त्रता, मानवअधिकार, विधिको शासन र सामाजिक आर्थिक तथा सांस्कृतिक विकास राज्यको प्रमुख लक्ष्य रहेकाले यी सबै कुराहरूको प्राप्तिका लागि लोकतन्त्रलाई सर्वोत्कृष्ट राजनीतिक व्यवस्थाका रुपमा स्वीकार गरिएका बताएका छन् ।

प्रकाशित मिति:
April 24, 2013