जेठ १६ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभा सदस्य सङ्ख्या चार सय ९१ भन्दा बढी आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् ।
अखिल नेपाल महिला सङ्घको आजदेखि सुरु भएको ‘ महिला हिंसा अन्त्यका लागि बृहत् राष्ट्रिय सम्मेलन ’लाई सम्बोधन गर्दै अध्यक्ष खनालले सभासद सङ्ख्या बढाउँदैमा समावेशी नहुने बताए । उनले भने–“ चार सय ९१ सभासद् बनाउँदा महिलाको ३३ प्रतिशत सहभागिता हुँदैन भन्नु हावादारी कुरा हो, १० जना सभासद् भए पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चितता हुन्छ । ”
उनले संविधानसभामा महिलालाई ३३ प्रतिशत आरक्षण गर्नेबारेमा उच्चस्तरीय राजनीतिक समितिमा छलफल भई निर्णयसमेत भइसकेको जानकारी दिए । उनले एमाओवादी र मधेसी दलका सर्वसत्तावादी प्रवृत्तिले नै देशमा अराजकता बढाएको आरोप लगाउँदै संविधानसभा निर्वाचनबाट त्यस्ता प्रवृत्तिलाई किनारा लगाउनुपर्नेमा जोड दिए ।
एमालेका महासचिव ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि विभिन्न कोणबाट छलफल जरुरी रहेको धारणा राखे । उनले भने– “कानुन सशक्त र प्रभावकारी बनाउने, सामाजिक सांस्कृतिक जागरण ल्याउने र राजनीतिक प्रतिबद्धतामा ध्यान दिइए महिला हिंसा अन्त्यमा ठूलो फड्को मार्न सकिन्छ । ”
Powered by Blogger.
चार सय ९१ बढी सभासद् एमालेले नमान्ने
प्रकाशित मिति:
May 30, 2013