असार ४ । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सुदूरपश्चिममा मर्नेको संख्या दश पुगेको छ । बाढी पहिरोका कारण तीन जना बेपत्ता भएका छन् भने लाखौँको धनमाल क्षति भएको छ ।
बैतडीको सिद्धेश्वर गाविस वडा नं ९ मा पहिरोले घर पुरिँदा एकै घरका ५ जनाको मृत्यु भएपछि मर्नेको संख्या १० पुगेको हो ।
पहिरोमा पुरिएर स्थानिय रामसिंह ऐरीकी श्रीमती सिता, छोरी परमेश्वरी र विन्देश्वरी, एक वर्षिय छोरा अर्जुन र उनकै घरमा बस्ने कलावती ऐरीको मृत्यु भएको हो ।
गएराती अछामको कुन्तिवण्डाली गाविस वडा नम्बर ३ मा तिखाडा खोलाले स्थानिय मिन बहादुर बोगटीको घर बगाउदा उनकी श्रीमति अनिशा र ४ बर्षिया छोरी रविनाको ज्यान गएको थियो ।
यस्तै दार्चुलाको धाप गाविसमा महकाली नदीले बगाउदा सरस्वती रैखोलाको ज्यान गएको थियो ।
यता, कञ्चनपुरमा पनि हिजो नै बाढीले बगाउदा २ जनाको ज्यान गएको थियो ।
यसैगरी, बाढी र पहिरोमा परी डोटी र बझाङमा ३ जना बेपत्ता भएका छन् । डोटीमा गगुडामा रौवा खोलाले बगाउदा को पलाडीकी देवी बोगटी बेपत्ता भएकी छिन् ।
उनको खोजी भईरहको स्थानीय गणेश बोगटीले जानकारी दिए ।
उता, बझाङमा दौलीचौर खोलाले बगाउदा लेकगाँउ गाबिस ७ का २५ बर्षिय करन चलाउने र दौलिचौर १ का १८ वर्षिय शंकर बोहोरा बेपत्ता भएको प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए ।
यस्तै सुदुरपश्चिममा बाढी र पहिरोका कारण लाखौको क्षती भएको छ । महाकाली र सेती नदीमा आएको बाढिले दर्जनौ बस्तीहरु बगाएको छ भने दर्जन जती बस्तीहरु बिस्थापित बनेका छन् ।
महाकाली नदीले दार्चुलामा ११ सरकारी कार्यालयसहित ५९ घर बगाएको छ । सयौ परिवारहरु बिस्थापित बनेका छन् । दार्चुलाको डोजिजीबी भन्ने स्थानमा रहेको नयाँ झोलुंगे पुल समेत नदीले आज बगाएको छ । उक्त स्थानमा रहेको पुरानो पुल हिजो नै नदीले बगाएको थियो ।
यता कैलालीमा समेत बाढीले बस्तीहरु डुवानमा पारेको छ । टिकापुर नगरपालिका २ दौलतपुर बस्ती र शाहीपुर कर्णाली नदीका कारण उच्च जोखिममा परेको छ ।
कर्णाली नदीमा पानीको सतह बढ्न गई बस्ती डुवानमा पर्न थालेपछि स्थानियहरुलाई सुरक्षित स्थान तर्फ सार्नका लागि उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
वर्षा पछि पहिरोका कारण सहहजपुर ९ बस्ने पदम बहादुर बिकको घर भत्केको छ भने सहजपुर २ खानडाडामा कमलावती अर्चायको २ तले घर चर्किएको छ ।
घर भित्रको सामाग्री र ब्यक्तिहरुलाई स्थानियबासीन्दाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै कैलालीका अत्तरिया, चौमाल, धनगढीका बिभिन्न बस्तीहरु जलमग्न भएका छन । यद्यपी कुनै क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै धनगढी नगरपालिका ११ र १२ मा मोहना नदीले र खुटिया नदीले पनि कटान गरिरहेको स्थानिय बासीन्दाले बताएका छन ।
उता चिसापानीमा रानी जमरा नहरामा कर्णाली नदीको भेल पसेपछि बलिया ९ गोरोेङ्गेका ८० वटा घर डुबानको खतरामा रहेका छन ।
पथरैया नदीले थापापुर ९ सोनाफाटा गाउका १० ओटा घर डुबानमा परेका छन भने स्थानियहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी क्रषिराम कडेलले जानकारी दिए । उनका अनुसार लालबोझी गाबिस वडा नम्बर १ तजिया चर्रा सिबिर र लखरैयामा पनि कान्द्रा र मोहना नदीको बाढिका कारण डुबानमा परेको छ ।
पछिल्लो तीन दिन यता कैलालीमा दुई वर्ष यताकै उच्च वर्षा भएको छ । मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलालीमा २४ घण्टाको अवधिमा एक सय ७ दशमलव ४ मिलिलिटर बर्षा भएको छ ।
सोमबार मात्रै कैलालीमा २० दशमलव २ मिलिलिटर वर्षा भएको कार्यालयका इन्चार्ज राजीव कुमार झाले बताए ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ को बस्ती महकाली नदिको बाढीका कारण बिस्थापित बनेको छ ।
सो ठाउका करिब १ सय ५० परिवारहरु सुरक्षित स्थान तर्फ सरेका छन । दोधारा र चाँदनी गाबिसको वडा नम्बर ६,७,८ का १ सय परिवार गएराति देखि बिस्थापित भई नजिकैको शारदा उच्च माविमा आश्रय लिई बसिरहेको छन ।
यता, भुजेला क्षेत्रका करिब ६० परिवार गएराति देखि नै बस्तीमा पानी पस्न थालेपछि आफन्त कहा र सुरक्षित स्थानमा सरेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी बिर्खबहादुर रावलका अनुसार कंचनपुरमा बाढिका कारण जिल्लाका बिभिन्न ठाउमा १० वटा घर बगेका छन् ।
महाकालीे नदिको पिप्रैया घाटमा दुई दिनदेखि बाढीमा फसेका २ ट्रक, ४ ट्रयाक्टर, एक ट्रिपर र एक ढुंगा निकाल्ने मेशिन समेत महकाली नदीले गयराती बगाएको छ ।
उता डडेल्धुराको भित्री मधेस क्षेत्रका तिन गाउं महाकालीले बगाएको छ । ईलाका प्रहरी कार्यालय जोगुढाका प्रहरी निरीक्षक सूर्य चन्दले दिएको जानकारी अनुसार जोगबुढाको सरकुणा, तातापानी र शिर्ष गाविसको परीगाउँको मथिल्लो गाउ महाकाली ले बगाएको छ ।
तीनवटै गाउँका गरी ५२ परिवार बिस्थापित भएका छन । यस अघि २०६२ सालमा ३२ जनाको ज्यान जाने गरी बाढीले बगाएको लदौली गाउँमा पुन बाढी आएपछि गाउँलेहरुले गाउ छाडेको स्थानियबासीन्दा हरिबहादुर बोहराले जानकारी दिए ।
बाढी र पहिरो कारण सुदुरपश्चिमका पहाडि जिल्लाका अघिकांस ग्रामीण सडकहरु अवरुद्ध बनेका छन । बझाङ, डोटी र बाजुरामा बिगत तिन दिनदेखी यातायत सेवा अवरुद्ध बनेको छ ।
यद्यपी अहिले सुदुृरपश्चिममा वर्षा हुने क्रम भने रोकिएको छ ।