असार १५ । १० औ राष्ट्रिय धान दिवस तथा रोपार्इ महोत्सव आज देशभर नै मनाइएको छ । असार १५ गतेलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा किसानहरुले मनाउने गर्दछन् ।
नेपालमा धानको उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाका लागि भनेर धान दिवस मनाईँदै आइएको छ ।
धान दिवसको अवसरमा किसानहरु दही चिउरा खाने गर्दछन् भने खेतमा रोपाईका साथसाथै हिलो छ्यापाछ्याप गर्नुका साथै गीत गाएर रमाइलो गर्ने समेत गर्ने गर्दछन् ।
नेपाल कृषि प्रधान देश मानिए पनि सरकारले भने धानको विकास, संरक्षण तथा यसको वृद्धिका लागि मलका साथै सिचाईँमामा खासै ध्यान दिएको पाइदैन । साथै युवा पुस्तालाई यो क्षेत्रमा तान्न नसक्नु पनि अर्को बिडम्बना बन्दै गएको छ ।
जे होस् धान दिवसकै अवसरमा आज लतितपुरको लामाटारमा खेत रोपाँइ कार्यक्रम गरिएको छ । उक्त खेत रोपाईमा नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेलले पनि बाउसे, हलो जोत्नुका साथै धान पनि रोपेका थिए (तल फोटोमा हेर्नुहोस्) ।
धान रोप्न सञ्चारकर्मीहरुका साथै स्थानीय महिलाहरु होमिएका थिए । सो अवसरमा स्थानीयको हेर्नेको भीड समेत लागेको थियो । फोटो फिचर हेर्नुहोस्: (सबै तस्बिरः प्रदीपराज वन्त)
लतितपुरको लामाटारमा धान दिवसको अवसरमा आयोजित खेत रोपाँइ कार्यक्रममा हलो जोत्दै नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेल । |