खाना पकाउने एलपी ग्यासमा ७२ रुपैयाँ कमिसन माग
असार १२ । ग्यास बिक्रेता महासंघले फेरी खाना पकाउने एलपी ग्यास मा ५ प्रतिशत बाट वृद्धि गराई १० प्रतिशत कमिसन पाउनु पर्ने भन्दै सरकारलाई नया माग प्रस्तुत गरेको छ ।
ग्यास बिक्रेता महासंघले असार २५ गतेसम्म प्रतिसलिण्डर मूल्यको ५ प्रतिशत कमिशन वृद्धि नगरे व्यवसाय बन्द गरी ग्यास बेच्न बन्द गर्ने चेतावनी दिएको छ ।
यसै गरी ग्यास उपभोत्ता कार्डको वितरणमा रोक लगाउने पनि बताएको छ ।
सरकारले असार १० गते वृद्धि गरेको कमिशनबाट व्यवसाय संचालन गर्न नसकिने बताउँदै उनीहरुले कमिसन प्रति सिडिन्डर ७२ रुपैयाँ पुर्याउन सरकार सम्म माग गरेका छन ।
प्रकाशित मिति:
June 26, 2013