यी-यी कुरामा यसपाला चिप्लियो भारत !
समाचार टिप्पणी
असार २६ । सार समग्रतामा हेर्दा भारतले नेपाललाई चुनावका लागि ७ सय ६४ वटा गाडी दिने भयो अनि दोस्रो कुरा कोशी र गण्डक बाँधका साथै कमला, लालबकैया, खाँडो र बाग्मती नदीको बाँध मर्मतका लागि तत्काल रकम दिने भयो । यो हिसाबकिताब भारतीय विदेशमन्त्री सलमान खुर्शिद नेपाल भ्रमणका बेला सार्वजनिक रुपमा देखिएको लेखाजोखा हो ।
तर विदेशमन्त्री खुर्शिद नेपाल आउनु एक दिन अगाडी सर्वोच्चले उनलाई समेत डाम पार्ने गरी सरकारका नाममा आदेश नदिएको भए खुर्शिदको भ्रमण भारतका लागि निक्कै फलदायी र नेपालका लागि निक्कै दुःखदायी पनि हुनसक्थ्यो ।
अघिल्लै दिन सर्वोच्चले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आधुनिकीकरणको जिम्मा भारतलाई नदिन र इलामको पशुपति नगर र लुम्बिनीमा अध्यागमनको चेक पोष्ट नराख्न दिन सरकारका नाममा आदेश जारी गरेपछि एउटा धक्का पैदा भयो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशिल कोइराला, एमाले बरिष्ठ नेता माधव नेपाल विदेशमा रहेको बेला उनको भ्रमण पर्यो ।
ती नेताहरु स्वदेशमा भएको भए अर्कै तामझाम हुन्थ्यो । नयाँ दुलही झैँ उनलाई लिन सबै नेताहरु एयरपोर्ट पुग्थे । तर कोही पनि यहाँ नहुँदा खल्लो जस्तै भयो । हतार हतारमा एमाओवादी अध्यक्ष प्रचण्ड उनलाई भेट गर्न त आई पुगे तर श्रीमतीको उपचार नै छोट्याएर प्रभुको दर्शन गर्न आएको भन्दै झनै आलोचित बन्नु पर्यो ।
त्यति मात्रै होइन खुर्शिद नेपाल आउन अगाडी नै नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य किरण चीनतर्फ फुत्तै लागे । किरणसँग पनि उनको भेट्ने कार्यक्रम थियो । सुइत्तै एकातिर लागेपछि उनको भ्रमणमा त्यसले पनि खल्लोपना थपिदियो ।
भ्रमणका समयमा सबैभन्दा बढी समय उनले मधेसी नेतालाई दिए । तर मधेसी नेताहरुलाई एक ठाउँमा ल्याउने उनको सक्दो कसरत बालुवामा पानी खन्याए जस्तै मात्रै बन्यो । खुर्शिदले एक हुन सुझाव दिइरहँदा मधेसी दलका नेताहरु भने विभाजित रुपमा प्रस्तुत भए । यसमा पनि उनी असफल साबित भए ।
पूर्वनिर्धारित समयानुसार खुर्शिदको नेपाल भ्रमण दुई दिनका लागि तोकिएको थियो । तर विविध कारण देखाउँदै ९ घण्टामा झारियो । ती कारणहरु भने नेपालका विभिन्न दलका मुख्य-मुख्य नेताहरु नै विदेशमा रहनु, भ्रमणको राम्रो तयारी नहुनु लगायतका छन् । चिनियाँ स्टेट काउन्सिलर जेइचीको भ्रमणलाई कुटनीतिक जवाफ दिन गरिएको भनिएको खुर्शिदको भ्रमण आफैँमा कमजोर साबित बन्न पुग्यो ।
जेहोस्, ठूलै आशा अपेक्षा वा त सानो देश जे गरे नि हुन्छ भन्ने सोचेर आएका हुन् अनि चिनियाँ स्टेट काउन्सिलर जेइचीको भ्रमणलाई कुटनीतिक जवाफ दिन नै खर्शिद नेपाल आएका थिए भने उनले निक्कै कमजोर जवाफ मात्रै दिएर गएका छन् ।
यसअर्थमा पनि भारत यसपटक कमजोर बनेको छ की यसअघि चीनले संविधानसभा चुनाव र विभिन्न विकास निर्माणमा नेपाललाई झण्डै ४ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेकोमा भारतले भने निर्वाचनमा सघाउन भन्दै ७ सय ६४ वटा गाडी सहयोग गर्ने भएको छ । जसको मुल्य ८० करोड नेपाली रुपैयाँ बराबर हुने जनाइएको छ । यस विषयमा पनि भारत कमजोर नै बनेको छ ।

प्रकाशित मिति:
July 10, 2013