खुर्सिद भ्रमणमा छचल्किएको चर्चित विषय
असार २६ । भारतीय विदेशमन्त्री सलमान खुर्सिदको मंगलबार भएको नेपालको भ्रमण विदेशमन्त्रीस्तरीय नेपालका लागि दोस्रो भ्रमण हो ।
यस भ्रमणलाई उच्च तहको भ्रमण मान्नै पर्ने हुन्छ । त्यति मात्र होइन, उनको कार्यतालिका हेर्ने हो भने देशका सबै तह र तप्काका व्यक्तित्वसँग भेट गर्ने थियो । र भेटे पनि । यसले पनि उनको भ्रमणको साइज दिन्छ ।
तर उनको यति ठूलो आकारको भ्रमण नै भए पनि छिमेकी देशहरुसँगको तुलना र कुटनीतिक रुपमा कमजोर विश्लेषण गरिएको छ ।
अझ उक्त भ्रमणमा दुई देशबीच हुने वार्ता, सहमति, सम्झौता भन्दा पनि प्रधानमन्त्री समेत भईसकेका नेपालका नेताहरु स्वयं विदेशमन्त्रीलाई भेट्न मर्यादाक्रम बिर्सेर उनी बसेको ठाउँमा पुगे । यही विषय नै सबैभन्दा चर्चा र मुख्य विषय जस्तै बन्यो ।
हुन त भ्रमणमा उनले साना तिना नै भए पनि सम्झौता गरेका छन् । तर ती सम्झौतालाई उछिन्दै नेपालका नेताहरुले मर्यादाक्रम बिर्सेको चर्चा सबैभन्दा शिखरमा पुगेको छ ।
खुर्सिदलाई भेट्न नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा, झलनाथ खनाल राजधानीको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा पुगेका थिए ।
उनीहरु पालैपालो एउटाले भेट्थे । एउटाको भेट सकिएपछि अर्को लाइनमा बसेको जस्तै गरी पालो आईथ्यो । त्यसैगरी सबैले भेटे ।
मर्यादाक्रम अनुसार पूर्वप्रधानमन्त्री भई सकेका व्यक्तिहरुलाई विदेशमन्त्रीले आफैँ भेट्न आउनुपर्ने हो । तर भारतलाई खुसी पार्नकै लागि हाम्रा नेताहरु लाइन बसेर उनलाई भेट्न त्यहाँ पुगेका हुन् ।
खुर्सिदलाई त्यहाँ भेट्न एमाओवादी, कांग्रेस, एमाले र मधेशवादी नेताहरु पुगेका थिए । र त्यहाँ छुट्टाछुट्टै भेट भएको थियो ।
खुर्सिदलाई भेट्न लस्कर (लाइन) लागेको र खुर्सिद नै आउनुपर्ने ठाउँमा समेत हाम्रा नेताहरु त्यहाँ पुगेको भन्दै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा त्यसको चर्को विरोध भएको छ । विरोध गर्नेहरुमा राजनीतिक विश्लेषक, बुद्धिजिवि, पत्रकार लगायत छन् । हेरौँ त्यहीको विरोधमा फेसबुकमा अपलोड भएका केही स्टाटसहरु:

प्रकाशित मिति:
July 10, 2013