किम कार्दासियनकी छोरीलाई २० लाख डलर
असार २१ । एक महिना पनि नभएकी हलिउड टिभी स्टार किम कार्दासियनकी छोरीको तस्वीरको लागि २० लाख अमेरिकी डलर अफर आएको छ ।
उनकी छोरी नर्थ वेस्टको फोटोलाई छाप्नका लागि २० लाख अमेरिकी डलर दिने प्रस्ताव आएको हो ।
तर किमले अहिलेसम्म नर्थको फोटोलाई सार्वजनिक भने गरेकी छैनन् । किम र उनको पुरुष मित्र केन्य वेस्टबाट लगभग महिना दिन अघि छोरीले जन्म लिएकी थिइन् ।
२० लाख अमेरिकी डलरको अफर आएपनि उनीहरु उक्त अफर अस्वीकार गर्ने पक्षमा रहेको पश्चिमा मिडियाहरुले खबर छापेका छन् ।
यसअघि किम कार्दासियनलाई गर्भवती भएकै अवस्थामा पनि करोडौको अफर आएको छ ।
गर्भवती महिलाको लागि माई प्रगनेन्सी डटकम नामक वेबसाइट सञ्चालन गर्नको लागि किमलाई २५०,००० डलरको प्रस्ताव आएको थियो ।

प्रकाशित मिति:
July 05, 2013