कुनैपनि हालतमा संविधानसभाको निर्वाचन :गच्छदार
साउन ३२ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आगामी मङ्सिर ४ गते कुनैपनि हालतमा संविधानसभाको निर्वाचन हुने बताएका छन ।
अहिले नेपालभरी निर्वाचनको माहोल बढेकोले चुनाब हुने निश्चित भएको दाबी गरेका छन ।
उनले देशको राजनीतिक निकास, लोकतन्त्रलाई संस्थागत गर्न र आर्थिक समृद्विका लागि संविधानसभाको निर्वाचन गरेर संविधान बनाउनुको अर्को बिकल्प नरहेको भनाई छ ।
लोकतान्त्रिक मधेसी मोर्चाको संयोजकसमेत रहेका अध्यक्ष गच्छदारले सम्पुर्ण मतदातालाई निर्धक्क भएर निर्वाचनमा भाग लिन आग्रह आग्रह गरेका छन ।
मधेसी, महिला आदिवासी जनजाति, र पिछडिएका जनताको अधिकारको लागि निर्वाचन हुनु पर्नेमा जोड दिएका छन ।
प्रकाशित मिति:
August 16, 2013