साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी बर्षदेखि राष्ट्रिय खेलकुद पुरस्कार स्थापना गरी १२ जनालाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने भएको छ ।
राखेप सदस्य–सचिव युवराज लामाले आज सञ्चारकर्मीलाई दिनुभएको जानकारी अनुसार उक्त पुरस्कारबाट वर्षभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न खेलका आठ खेलाडी, विभिन्न खेलका गरी दुई उत्कृष्ट पदाधिकारी र दुई उत्कृष्ट प्रशिक्षक पुरस्कृत हुने छन् ।
चालु आर्थिक वर्षमा खेलकुदले इतिहासकै सर्वाधिक बजेट (रु एक अर्ब ११ करोड) प्राप्त गरेकामा खुसी व्यक्त गर्दै सदस्य–सचिव लामाले विगत दुई वर्षदेखि खेल क्षेत्रमा रहेका झगडा र अराजकता न्यूनीकरण भएका छन् भने ।
उहाँले खेल क्षेत्रलाई सरकारले विनियोजन गरेको बजेटको ७५ प्रतिशत पूर्वाधार निर्माणमा प्रयोग गरिने जानकारी दिँदै पुराना भएका भौतिक संरचनाको मर्मत कार्यको सुरुआत भैसकेको बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजनमा उच्चस्तरीय समन्वय समिति निर्माण भएकाले खेल क्षेत्रमा यदाकदा देखिने अनियमितता, झैझगडा तथा वादविवादको पनि अन्त्य भई “राष्ट्रका लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद” को नारा साकार पार्ने अभियानमा समग्र राखेप लागि परेको लामाको भनाई थियो ।
Powered by Blogger.
पचास हजारको राष्ट्रिय खेलकुद पुरस्कार जनही १२ जनालाई
प्रकाशित मिति:
August 07, 2013