बर्डफ्लु र त्यसको रोकथामप्रति अष्ट जको ध्यानाकर्षण
भदौँ ३ । अष्ट ज नेपालले उपत्यकामा फैलिएको बर्डफ्लु र त्यसको रोकथामका लागी भएको सरकारी प्रयास तथा क्षतिपूर्तिका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जुन विज्ञप्तिको यस्तो छ:
प्रेस विज्ञप्ति
उपत्यकाको भक्तपूरबाट फैलिएको बर्डफ्लु, त्यसको रोकथामका लागी भएको सरकारी प्रयास तथा क्षतिपूर्तिका सम्बन्धमा अष्ट ज अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
बर्डफ्लु फैलिँदै गएपछि सर्वसाधारणले एकातिर आतंकको स्थिति अनुभुत गर्र्नु परीरहेको छ भने अर्कातिर कुखुरा पालक तथा उत्पादकहरुमा पर्न गएको चोट नपुरीने खालको घाउ जस्तै हुन थालेको छ ।
विभिन्न असहजता र जटिलता पार गर्दै जग्गा, जमानी, धितो र महंगो ब्याजको ऋणबाट प्रताडित भै भैरहेका ब्यवशायिमाथि परेको यो समस्या राष्ट्रको विपत्तिसंग जोडिएको छ । माछा–मासु लगायतका कृषिजन्य उत्पादनमा अरबौंको ब्यापारघाटा सहरिहेको मूलूकले आत्मनिर्भरतातर्फ उन्मूख कुखुरा ब्यवशायमा नै अपुरणीय क्षति ब्यहोर्नुपरेको निष्कर्ष यस अभियानको छ ।
दाना तथा विभिन्न प्रकारका आयातित इन्जेक्सनहरुमाथि प्रभावकारी नियमन हुन नसकेकोप्रति अबिलम्ब ध्यान पुर्याउन, विपत्तिमा परेका उत्पादकहरुको क्षतिपूर्ति बढाउन तथा संकटग्रसत क्षेत्र घोषणा नभएका ठाउँका कुखुराले बजार नपाएका कारण त्यसतर्फ ध्यान पुर्याउन, घटना र मुचुल्का हेरेर बैंकहरुमा यस आर्थिक वर्षको ब्याज मिनाहा गराउन, सहज र सहुलीयतमा विमा ब्यवस्था गराउन तथा बर्डफ्लु सम्बन्धि उच्चस्तरीय छानबिन टोली गठन गरी भविष्यमा यस प्रकारका बिकरालता उत्पन्न हुन नदिन सरकारसंग हार्दिक आग्रह गर्दछौं । साथै पीडीत ब्यवसायीहरुले चलाएको आन्दोलनमा न्यानो ऐक्यबद्धता प्रकट गर्दछौं ।
प्रकाशचन्द्र गिरी, अध्यक्ष, अष्ट ज अभियान, जिल्ला समिति, काठमाडौ
मोहन बस्नेत, अध्यक्ष, अष्ट ज अभियान, जिल्ला समिति, ललितपूर
बसन्त रिमाल, अध्यक्ष, अष्ट ज अभियान, जिल्ला समिति, भक्तपूर
पुष्कर के.सी, अध्यक्ष, अष्ट ज अभियान, उपत्यका समन्वय समिति
प्रकाशित मिति:
August 19, 2013