भारतलाई चिठ्ठी लेखेको हुँ : प्रचण्ड
असोज ६ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा भएका सवै घटनाको जिम्मेवारी लिँदै भारतसँग पनि सम्झौता गरिएको स्वीकारेका छन् ।
कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशालाः नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादी’ पुस्तकको सार्वजनिक कार्यक्रममा प्रचण्डले शान्तिप्रक्रियाका लागि भारतलाई चिठ्ठी लेखेको स्वीकार गरे । कार्यक्रममा उनले कसैको आदेशमा हतियार भने नउठाएको बताए । सो अवसरमा किताबमा भए जस्तो सबै कुरा भने नभएको पनि जनाए ।
प्रकाशित मिति:
September 22, 2013