साफ च्याम्पियनसिपको फाईनल परेकाले माओवादीको बन्द सर्यो
भदौ १९ । नेकपा माओवादी नेतृत्वको मोर्चाको पूर्व निर्धारित उपत्यका बन्दको मिति सरेको छ ।
साफ च्याम्पियनसिपको फाईनल परेपछि भदौ २६ गते तोकिएको उपत्यका बन्द २७ गतेका लागि सारिएको छ ।
नेकपा(माओवादी सहितका ३३ दलको आज बुद्धनगरमा बसेको बैठकले असोज १ गतेका लागि आह्वान गरेको मध्य पहाड बन्द पनि विश्वकर्मा दिवस पर्न गएकोले भदौ ३० गने नै मध्य पहाड बन्द गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले गरेको अन्य निर्णयहरु यस प्रकार छन्ः
३३ दलीय मोर्चाको २०७० भदौ १९ गते नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा बसेको बैठकबाट गरिएका निर्णयहरु निम्नअनुसार रहेका छन् ।
१. आन्दोलनको कार्यक्रम सम्बन्धि संशोधन
क. भदौ २६ गते उपत्यका बन्दको आयोजना गरिएकोमा उक्त दिन साफ च्याम्पियनशीपको फाईनल खेल पर्न गएको र उक्त दिनको बन्द कार्यक्रम परिवर्तन गर्न फुटबल संघको अनुरोध रहेकोले उक्त दिनको बन्दको कार्यक्रम भदौ २७ गते गर्ने निश्चित गरिएको छ ।
ख. २६ गते बेलुका २७ गतेको बन्दको आह्वान गर्दैै मोटर साईकल ¥याली गर्ने निश्चित गरिएको छ ।
ग. असोज १ गते मध्य पहाड बन्दको आह्वान भएकोमा उक्त दिन विश्वकर्मा दिवस पर्न गएकोले भदौ ३० गने नै मध्य पहाड बन्द गर्ने निश्चित गरिएको छ ।
घ. असोज २ गतेको विरोधसभा जनकपुरको सट्टा सिरहाको लहानमा हुने निश्चित गरिएको छ ।
२. हालै दुई जना भारतीयहरुलाई गिरफ्तार गर्ने नाममा नेपालको सार्वभौमिकता विरुद्ध भारतीय सुरक्षाकर्मीहरुले नेपाली भूमिमा प्रवेश गरेको घटनाबारे समाचार माध्यमहरुमा प्रकाशित समाचारहरु प्रति हाम्रो ध्यान आकर्षित भएको छ । उक्त घटनाको सन्दर्भमा नेपाल सरकारको मौनता झन रहस्यमय बनेको छ । अतः उक्त घटनाको यथार्थता सार्वजनिक गरियोस र नेपाली सार्वभौमसत्तामाथि हुने त्यसप्रकारका हस्तक्षेप विरुद्धमा कडा कदम चालियोस भनी नेपाल सरकारसँग जोडदार माग गर्ने निश्चित गरिएको छ ।
३. हालै चार दलको नेताहरुको उक्साहटमा नेपाल सरकारद्वारा निर्वाचनको सुरक्षाको नाममा नेपाली सेना परिचालन गर्ने भनी समाचार माध्यमहरुमा आएको समाचार प्रति हाम्रो ध्यान आकृष्ट भएको छ । यदि त्यो सत्य हो भने राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक राजनैतिक मामिलामा प्रयोग गर्नुले मुलुकलाई जबरजस्त रुपले द्वन्द्वमा धकेल्नेछ । अतः यसप्रकारको जनघाती कदम नचालियोस भनी चार दलका नेताहरु र नेपाल सरकारलाई बेलैमा सचेत गराउने निश्चित गरिएको छ ।
४. नेपालमा आत्मनिर्भर हुँदै गइरहेको कुखुरा पालन व्यवसायलाई विस्थापित गर्न भारतीय एकाधिकार कम्पनीहरुद्वारा उत्पादित बर्डफ्लुयुक्त औषधी र दानाको आयात गरी वितरण गरिएको र त्यसका कारण पोल्ट्रीफर्महरुमा बर्डफ्लु फैलिएर ध्वस्त भएको समाचार सञ्चार माध्यमहरुमा प्रकाशित भइरहेको छ । यसबारे सत्यतथ्य के हो ? सरकारले अविलम्ब छानबिन गरी दोषी उपर कडा कारबाही र व्यवसायीहरुलाई क्षतिपुर्ति दिलाइयोस् भनी नेपाल सरकारसँग माग गर्ने निश्चित गरिएको छ ।
मिति:– २०७० भदौ १९

प्रकाशित मिति:
September 04, 2013