भारत गए चीनको मन दुखाएर फिर्ता भए प्रधानसेनापति
असोज १९ । प्रधानसेनापति गौरव शम्शेर जबरा साताव्यापी भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् ।
भारतीय सेनाध्यक्ष विक्रम सिंहको निमन्त्रणमा असोज १३ गते दिल्ली गएका जबरा शनिबार स्वदेश फिर्ता भएका हुन् ।
भारतीय सेनाध्यक्ष विक्रम सिंहको निमन्त्रणमा असोज १३ गते दिल्ली गएका जबरा शनिबार स्वदेश फिर्ता भएका हुन् ।
फोटोः नेपाली सेना |
भ्रमणका क्रममा उनले उत्तरतिरको छिमेकी राष्ट्र चीनको भने मन दुखाएर आएका छन् । भारतीय मिडियासंगको अन्तरवार्तामा नेपाल र भारतवीचको सम्बन्धसंगै चीनको आन्तरिक मामिलामा पनि बोलेर उनी विवादमा आएका हुन् ।
सो क्रममा उनले चीन भारतमा घुस्न नसक्ने, चीन आफैं समस्यामा परेको जस्ता अभिव्यक्ति दिएका थिए । ती अभिव्यक्तिका कारण चीन र नेपालको सम्बन्धमै असर पर्न सक्ने सुरक्षा विश्लेषकहरुको विश्लेषण छ । बाह्य देशिय मामिलामा बोल्न नहुनेमा बोलेको र त्यसमा पनि विवास्पद अभिव्यक्ति दिएको सुरक्षा विश्लेषणहरु बताउँछन् ।
जे जस्तो भएपनि, भारत भ्रमणका क्रममा जबराले सैन्य भेटवार्ता गर्नुका साथै इन्डो नेपाल संयुक्त तालिमको गण थहको संयुक्त तालिक एक्स सूर्य किरण–५ को अवलोकन समेत गरे ।
प्रधानसेनापति जवरा र भारतीय सेनाध्यक्ष सिंहबीचको भेटमा नेपाली सेनालाई आवश्यक पर्ने सैनिक सामग्री उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।
भारत सरकार नेपाली सेनालाई हवाई साधन उपलव्ध गराउन समेत सकारात्मक रहेको समेत सेनाले जनाएको छ ।
भारतीय विदेश सचिव सुजाथा सिंह पनि भेटमा नेपाली सेनाको पेशागत दक्षता, अराजनीतिक छवी र प्रजातान्त्रिक मूल्य र मान्यता प्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै सेनालाई आवश्यक पर्ने सहयोगहरु उपलव्ध गराउन भारतीय पक्ष तत्पर रहेको बताएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति:
October 05, 2013