पूर्वराजाले भोट नहाल्ने
कात्तिक ३ । पूर्वराजा ज्ञानेन्द्र शाह घोषित निर्वाचनमा कसैलाई पनि भोट नहाल्नेमा पुगेका छन् ।
पूर्वराजाको महानगरपालिकाको ३ नम्बर वडा अर्थात क्षेत्र नम्बर ५ मा मतदाता सूचीमा नाम छ । तर, उनले अहिलेसम्म निर्वाचनमा मतदान गर्ने सोचाई नबनाएको स्रोतको भनाई छ ।
उनी आगामी संविधानसभा निर्वाचनसम्म चुपचाप बस्ने र निर्वाचनअघि उनी जिल्ला भ्रमणमा पनि ननिस्कने भएका छन् ।
निर्वाचनमा उनले खुलेर कसैलाई पनि सहयोग गर्ने छैनन् भने निर्वाचनसम्म कुनै पार्टीका नेतासँग भेट गर्ने सोच पनि नबनाएको उनको सहयोगीको भनाई उदृत गर्दै आज नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रकाशित मिति:
October 20, 2013