भाडाको गर्ल्सफ्रेण्डका लागि डेढ लाख अमेरिकी डलर
चिनियाँ एक युवाले भाडाको गर्लफ्रेन्डका लागि १० लाख युआन (करिब १ लाख ७० हजार अमेरिकी डलर) रुपैयाँ खर्च गर्न तयार रहेको पाइएको छ ।
चीनमा सबैभन्दा प्रयोग गरिने सामाजिक सञ्जालमा यो कुराले सनसनी नै मच्चाएको छ ।
सामाजिक सञ्जालको पोस्टका अनुसार ती युवकले आगामी स्प्रीङ फेस्टिबलमा आफ्नो परिवारसँगको भेटमा ती गलफ्रेन्डलाई लिएर जान चहान्छन् । ती युवकले आफ्नो पोस्टमा पैसाको बन्डलसहितको आफ्नो फोटोसमेत राखेको एजेन्सीले उल्लेख गरेका छन् ।
गलफ्रेन्ड कस्तो हुनुपर्छ भन्ने सर्तहरुमा केटी २५ वर्षभन्दा कम उमेरको, १।६ मिटरभन्दा अग्लो, ५० किलो वजनभन्दा कम र कम्तीमा स्नातक तह पास गरेको हुनपर्ने बताएका छन् । अझ कुमारी (भर्जिन) भएको अवस्थामा उनलाई अझ १० प्रतिशत रकम थप गर्ने पनि उल्लेख गरिएको छ । अन्य वाचाहरुमा केटीलाई सेन्जेनदेखि गोन्जाउ र त्यहाँदेखि पुनः फर्कन प्लेन चार्टर गरिदिने वाचासमेत गरेका छन् ।
प्रकाशित मिति:
January 28, 2014