राष्ट्रपति र कांग्रेस बरिष्ठ नेता देउवाबीच खटपट उत्कर्षमा

यतिसम्म राष्ट्रपतिले आफ्ना बिरुद्ध लागेको भन्दै यस्तै गरिरहने हो भने कांग्रेस भित्रबाटै राष्ट्रपति परिवर्तनको मुद्धा समेत उठाउने चेतावनी देउवाले दिएका छन् ।
नेता देउवाले आफ्ना निकट नेता विमलेन्द्र नीधिलाई पठाएर पार्टी भित्र आफू पनि ४६ प्रतिसतको हैसियतमा रहेको उल्लेख गर्दै आफूलाई पाखा लगाउने गरी पार्टीको हरेक गतिविधीमा आन्तरिक चलखेल र राजनीति नगर्न चेतावनी समेत दिएको स्रोतले दाबी गरेको छ ।
निधीमार्फत पठाइएको चेतावनीमा धेरै पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न नछाडे राष्ट्रपति परिवर्तनमा लाग्ने समेत रहेको बताइएको छ ।
सोमबार र मंगलबार आफू निकटहरुसँगको छलफलमा देउवाले पार्टीको १२ महाधिवेशनमा आफूलाई सभापति हुनबाट रोक्ने खेल खेलेको, संसदीय दलको नेतामा पहिला पनि रामचन्द्र पौडेलसँग पराजित गर्न भूमिका खेलेको र यसपटक पनि राष्ट्रपतिले खुलेरै सभासदहरुलाई सभापति सुशिल कोइरालाको पक्षमा मतदान गर्न भनेको गुनासो गरेका छन् ।
देउवाले यसरी पार्टी समर्थनबाट राष्ट्रपति बनेका यादवको विरुद्ध कडा चेतावनी दिएसँगै दुईबीचको सम्बन्धमा भने दुरी बढेर गएको छ ।
प्रकाशित मिति:
January 28, 2014