• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » राष्ट्रपति र कांग्रेस बरिष्ठ नेता देउवाबीच खटपट उत्कर्षमा
राष्ट्रपति र कांग्रेस बरिष्ठ नेता देउवाबीच खटपट उत्कर्षमा

काठमाडौं, माघ । राष्ट्रपति डा. रामवरण यादव र नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाबीच खटपट बढेर गएको छ ।

यतिसम्म राष्ट्रपतिले आफ्ना बिरुद्ध लागेको भन्दै यस्तै गरिरहने हो भने कांग्रेस भित्रबाटै राष्ट्रपति परिवर्तनको मुद्धा समेत उठाउने चेतावनी देउवाले दिएका छन् ।

नेता देउवाले आफ्ना निकट नेता विमलेन्द्र नीधिलाई पठाएर पार्टी भित्र आफू पनि ४६ प्रतिसतको हैसियतमा रहेको उल्लेख गर्दै आफूलाई पाखा लगाउने गरी पार्टीको हरेक गतिविधीमा आन्तरिक चलखेल र राजनीति नगर्न चेतावनी समेत दिएको स्रोतले दाबी गरेको छ ।

निधीमार्फत पठाइएको चेतावनीमा धेरै पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न नछाडे राष्ट्रपति परिवर्तनमा लाग्ने समेत रहेको बताइएको छ ।

सोमबार र मंगलबार आफू निकटहरुसँगको छलफलमा देउवाले पार्टीको १२ महाधिवेशनमा आफूलाई सभापति हुनबाट रोक्ने खेल खेलेको, संसदीय दलको नेतामा पहिला पनि रामचन्द्र पौडेलसँग पराजित गर्न भूमिका खेलेको र यसपटक पनि राष्ट्रपतिले खुलेरै सभासदहरुलाई सभापति सुशिल कोइरालाको पक्षमा मतदान गर्न भनेको गुनासो गरेका छन् ।

देउवाले यसरी पार्टी समर्थनबाट राष्ट्रपति बनेका यादवको विरुद्ध कडा चेतावनी दिएसँगै दुईबीचको सम्बन्धमा भने दुरी बढेर गएको छ ।

प्रकाशित मिति: January 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |