• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » घट्टबाटै ७० मेगावाट विद्युत् !
घट्टबाटै ७० मेगावाट विद्युत् !

काठमाडौँ । भौगोलिक विकटता र छरपष्ट वस्तीका कारण केन्द्रीय प्रसारण पुग्न नसक्ने र लघु जलविद्युत्को पनि सम्भावना नभएका देशका दुर्गम भेगमा सुधारिएको पानी घट्टबाट विद्युत् उत्पादन गरी स्थानीय जनतालाई अन्धकारबाट मुक्त गर्न सकिने विज्ञहरुले बताएका छन् । 

देशभर रहेका २५ हजार घट्टबाट झण्डै ७० मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको विज्ञहरुले औँल्याएका हुन् । हाल नमूनाको रुपमा २५ वटा सुधारिएको घट्टबाट ७० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । 

यही आधारमा २५ हजार घट्टबाट ७० मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको हो । देशका ग्रामीण क्षेत्रमा रहेका करिब २५ हजार परम्परागत पानी घट्टहरुलाई सुधार गर्न सकिएमा अन्न कुटानी, पिसानी, काठ चिरानी, तेल पेलानीका साथै टर्बाइन जोडेर विद्युतीकरण समेत गर्नसकिने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा बुधबार यहाँ आयोजित कार्यक्रमका सहभागीहरूले जोड दिए ।

नेदरल्याण्डस् सहयोग संस्था एसएनभी, जर्मन सहयोग संस्था जिआइजेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा ग्रामीण प्रविधि केन्द्रले हालसम्म करिब आठ हजार घट्टलाई सुधार गरिएको छ भने त्यसमा करिब २५ वटा सुधारिएको घट्टबाट ७० किलोवाटसम्म विद्युत् उत्पादन गरिएको खबर आर्थिक दैनिकमा छ ।

सुधारिएको पानी घट्टबाट ग्रामीण विद्युतीकरणसम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. गोविन्दराज पोखरेलले मुलुकमा जति नै सुकै विद्युत् उतपादन भएको अवस्थामा पनि आम जनताले अझै धेरै वर्षसम्म विद्युत्को पहुँच पुग्न नसक्ने भएकाले स्थानीयस्तरमा स्थापना भएका पानी घट्टहरुलाई सुधार गरी विद्युत् उत्पादन गर्न सकिने धारणा राखे ।

प्रकाशित मिति: January 30, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |