राष्ट्रपति फेर्ने अडानबाट पछि हट्दैछ एमाले
माघ १६ । संविधानसभाको दोस्रो शक्ति नेकपा एमाले राष्ट्रपति फेर्ने विषयबाट पछि हट्दै गएको छ ।

सुरुमा राष्ट्रपति परिवर्तनको विषयलाई निक्कै चर्काएको एमाले सरकार गठनको प्रक्रिया अघि बढ्दै जाँदा यो विषयबाट पछि हट्दै गएको छ । एमालेले एकबर्ष भित्र राष्ट्रपति नफेर्ने गरि नेपाली कांग्रेससँग सहमति गर्ने तयारी गरेको बुझिन आएको छ ।
सरकार गठन अन्र्तगत मन्त्रालयको भागबण्डा, सभामुख चयन, संवैधानिक र संसदका समितिलाई तत्कालको प्याकेज राखेपनि राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनलाई दिर्घकालिन प्याकेजमा राखेर एमाले कांग्रेससँग सहकार्य गर्ने तयारीमा जुटेको हो ।
एक वर्षमा संविधान बनाउने प्रतिवद्धताअनुसार पहिलो प्राथमिकता त्यसलाई राखेर अघि बढ्ने भन्दै एमालेले राष्ट्रपति परिवर्तनको एजेण्डा तत्कालका लागि छाड्ने तयारी गरेको हो ।
राजनीतिक विश्लेषकहरु एमालेले राष्ट्रपति फेर्न नै चाहेको भन्दा पनि राष्ट्रपति फेर्ने एजेण्डालाई अघि सारेर अरु बार्गेनिङ शक्ति बढाउने योजना बुनेको बताउँछन् । एमाले राष्ट्रपतिको एजेण्डामा सरकारका महत्वपूर्ण मन्त्रालय आफ्नो दाउ बनाउने योजनामा छ ।
यता, एमालेको संसदीय दलको नेता चयनका लागि आगामी माघ २१ गते चुनाव हुने भएको छ । सर्वसम्मत रुपमा संसदीय दलको नेता चुन्ने प्रयास असफल भएपछि माघ २१ गते चुनाव गर्ने तय भएको हो ।
एमालेले संसदीय दलको नेता चयन गर्न चुनाव गर्न लागेको पहिलो पटक हो ।

प्रकाशित मिति:
January 30, 2014