छोरासँग मिलेर श्रीमानको हत्या गर्ने महिला पक्राउ
विराटनगर–१ वेलगाछी टोलका ३५ वर्षीया सुशिला कामत र १७ वर्षिय विवेक कामतलाई मोरङ प्रहरीले बिहिबार पक्राउ गरि सार्वजनिक गरेको हो ।
घरायसी विवादमा सुशीलाले आफ्नै श्रीमान तेजुलाई काठको पिर्काले हानेको बताइएको छ ।
पिर्काले लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । बुधबार राती भएको उक्त घटना पछि आमाछोरा सुशीला र विवेक फरार थिए ।
प्रकाशित मिति:
January 31, 2014