• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » उपनेता बन्न बाबुराम भट्टराई मानेनन्
उपनेता बन्न बाबुराम भट्टराई मानेनन्

हेलोखबर सम्वाददाता
माघ १७ । पूर्वप्रधानमन्त्री समेत भईसकेका एमाओवादी पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराई संसदीय दलको उपनेता नबन्ने भएका छन् ।

केही समय संविधान नबन्दासम्म एक वर्षसम्म सरकारी तथा पार्टी भित्रको पनि कुनै पनि पदमा नबस्ने घोषणा गरेका भट्टराईले पार्टी हेडक्वार्टरमा उपनेता बन्न गरेको प्रस्ताव अस्वीकार गरेका हुन् ।

आफू प्रधानमन्त्री भइसकेको व्यक्ति भएकोले उपनेता नबन्ने भन्दै भट्टराईले उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।


भट्टराईले उपनेता नबन्ने भएपछि कसलाई बनाउने भनेर एमाओवादी भित्र बहस सुरु भएको छ । एमाओवादीले यसअघि नै दलको नेतामा भने अध्यक्ष दाहाललाई बनाउने निर्णय गरिसकेको छ । उपनेतामा भट्टराई नबन्ने भएपछि नेता कृष्ण बहादुर महरालाई बनाउने विषयमा छलफल भईरहेको बताइएको छ ।

भट्टराईले आफू उपनेता नबस्ने भएसँगै आफू पक्षधर नेतालाई बनाउनु पर्ने अडान समेत नराखेको बुझिएको छ ।

तर, स्रोतका अनुसार भट्टराई पक्षले उपनेतामा आफ्नो पक्षका व्यक्ति नपरे पनि प्रमुख सचेतकमा कडा दावेदारी प्रस्तुत गर्ने तयारी गरेका छन् । भट्टराई पक्षले दलको नेता र उपनेता छाडेर प्रमुख सचेतक आफ्नो पक्षमा पार्ने तयारी गरे पनि प्रमुख सचेतक समेत आफ्नै पक्षको पार्ने रणनीति दाहाल पक्षको रहेको बुझिन आएको छ ।

संविधानसभामा आफ्ना सभासद्माथि ह्वीप जारी गर्नेदेखि लिएर महत्वपूर्ण क्षेत्राधिकार प्रमुख सचेतकमा पनि आफ्नै पक्षको नेता पार्ने अध्यक्ष पुष्पकमल दाहाल पक्षको योजना रहेको स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति: January 31, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |